Advertisement
Advertisement
Advertisement
Advertisement

रौनक साउनको, 'हरियो, रातो र पहेंलो रंगमा रंगिदै महिला'

  |      15:17:00   |  
रौनक साउनको, 'हरियो, रातो र पहेंलो रंगमा रंगिदै महिला'

►गंगा कटुवाल 
साउन ६, काठमाडौं । बन्दाबन्दी भएपनि अहिले काठमाडौंका विभिन्न क्षेत्रका बजारहरुमा यतिखेर हरियाली छाएको छ । साउन महिनाको आगमनसँगै बजार होस् वा भित्र गल्लीका शृङ्गार र कपडा पसलमा अहिले महिलाहरुलाई हरियो रातो र पहेंलो रंगका चुरा, हरियो पोते, पहेंलो पोते, मेहन्दी, हरियो तथा रातो साडी खरीद गर्न भीड लागेको देख्न सकिन्छ ।

काठमाडौंको व्यस्त तथा व्यवसायीक केन्द्र मानिने न्युरोडका कस्मेटिक स्टोरका व्यवसायी कोभिड–१९ को महामारीका कारण गत वर्षभन्दा यस वर्ष साउन महिनामा आफ्नो व्यापार घटेको  भएपनि सामाजिक दूरी कायम गरि खरिद गर्ने क्रम वृद्धि भइरहको बताउँछन् ।

 

गत वर्षभन्दा यो वर्ष बन्दाबन्दी, सार्वजनिक यातायात बन्द र कोभिडको डरत्रासले विगत वर्षहरुभन्दा व्यापार केही खस्केको भए पनि केही दिन पछि व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गर्छन् । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या दिन प्रतिदिन वृद्धि भइरहको छ ।  व्यापारमा सोही अनुपातमा बिक्री बढ्ने आशा प्रायजसो व्यापारीको मनसायबाट पनि बुझ्न सकिन्छ । पसलमा चुरा किन्न आउनुहुने काठमाडौं पेप्सिकोला निवासी सपना थामी साथीहरुले लगाएको देखेर र साउन महिनामा चुरा र मेहन्दी लगाउन रहर लागेकाले चुरा लगाउन र मेहन्दी किन्न बन्दाबन्दी भएपनि बजार जाने आउने गरेको बताउँछिन्। यस्तै कपन निवासी ४० वर्षीया सकुन्तला धमला हिन्दू महिलाले साउन महिनालाई विशेष रुपमा लिने गरेको र साउनमा हरियो रातो र पहेंलो रंगका चुरा, पोते, मेहन्दी र बस्त्र लगाई भगवान् शिवको पूजा गर्ने, सोमबारको ब्रत बस्ने, श्रीमान्को लामो आयु तथा दीर्घायू जीवनको कामना गर्ने गरेको प्रतिक्रिया दिन्छिन् ।

 

बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धिको कामना गर्दै विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन रहेको छ । साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजार यी सामानको खरिद बिक्री पनि बढेको पाइएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement