Advertisement
Advertisement
Advertisement
Advertisement

यी भोजन खाए छाला सुन्दर हुन्छ !

  |      17:08:00   |  
यी भोजन खाए छाला सुन्दर हुन्छ !


काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत गर्छ । भिटामिन सी कोलोजन निर्माणमा सहायक हुन्छ, जसले छालालाई सूर्यको तीव्र किरणको नकारात्मक प्रभावबाट जोगाउँछ । अमेरिकन जनरल अफ क्लिनिकल न्युट्रिसनको अनुसन्धानअनुसार स्ट्रबेरी एन्टी एजिङ हुन्छ । यसले बढ्दो उमेरसँगै छालामा देखापर्ने सुख्खापनबाट पनि छुटकारा प्रदान गर्छ । भिटामिन सीका अन्य स्रोत सुन्तला, ब्रोकाउली, रातो भेंडेखुर्सानी, मेवा आदि हुन् ।

गोलभेंडा : गोलभेंडालाई रातो रंग दिने तत्त्व (लाइकोपिन, एकप्रकारको केरोटेनाइड) मा छालालाई नरम तथा कोमल बनाउने गुण पनि पाइन्छ । अनुसन्धानअनुसार जुन व्यक्तिको छालामा गोलभेंडालाई रातो रंग प्रदान गर्ने तत्वको उपस्थिति पाइयो, तिनको छाला अरूको भन्दा कोमल थियो । लाइकोपिनको स्रोत तरबुजा र गाजर पनि हो ।

तोफु : तोफूले मात्र नभई अन्य सोया प्रोडक्ट्सले पनि छाला कसिलो राख्छन् र चाउरीबाट जोगाउँछन् । कारण यिनमा आइसो फ्लेवान्स हुन्छ जसले सूर्यको हानिकारक किरणबाट जोगाउँदै छालामा चाउरी पर्नबाट रोक्छन् । सोया मिल्क पनि यसको विकल्प हो ।

टुना माछा : यो माछा ओमेगा थ्री फेटी एसिडले भरिपूर्ण हुन्छ जसले छालालाई सधैं जवान राख्न मद्दत गर्छ । सालमन र सार्डिन माछा पनि यसको राम्रो स्रोत हो ।

दही : दैनिक एक कप दही सेवन गर्नाले छालाको दाग–धब्बा एवं चायाँ–पोतोबाट छुटकारा मिल्छ । दहीमा जिन्क तथा क्याल्सियम हुन्छ, जुन स्वास्थ्य र सौन्दर्य दुवैका लागि लाभदायक हुन्छ ।

किसमिस : यो एन्टी अक्सिडेन्ट त हो नै, यसमा प्रशस्त पोटासियम र आइरन पनि हुन्छ ।

गाजर : यसले छालाको बाहिरी लेयरलाई सुरक्षा प्रदान गर्छ र समयपूर्व बुढ्यौली आउनबाट जोगाउँछ ।

नट्स : अनेकन प्रकारका नट्स, चाहे त्यो बदाम होस् वा ओखर वा पहाडी बदाम यसले रोग प्रतिरोधक क्षमता बढाउनुका साथै फ्याट कम गरी स्लिम बनाउन मद्दत गर्छ । अमिनो एसिड भएका कारण यसले कोलेस्ट्रोल पनि कम गर्छ ।

लसुन : यसले टिस्युहरूको रक्षा गर्छ, जसबाट छालामा चाँडै चाउरी पर्दैन ।

सख्खरखण्ड : यो भिटामिन एको राम्रो स्रोत हो र भिटामिन ए एन्टी चाउरी एजेन्ट हो । यसले छालालाई कोमल बनाउँछ । 

स्याउ : स्याउ पनि एन्टी अक्सिडेन्ट हो र यसले घामको नकारात्मक असरबाट छालालाई जोगाउँछ । विशेषगरी यसले स्किन क्यान्सर उत्पन्न गराउने खतरनाक किरणबाट सुरक्षा प्रदान गर्छ ।

ओखर : यो एल्फा लाइनोलेनिक एसिड जुन ओमेगा थ्री फेटी एसिडकै एउटा प्रकार हो, बाट भरपुर हुन्छ । यसबाट छाला कोमल रहन्छ र त्यसलाई नरमपन प्राप्त हुन्छ ।

ओलिभ ओयल : यसमा एसेन्सियल फेटी एसिड हुन्छ । आफ्नो छाला नरम तथा कोमल रहोस् भन्ने चाहना छ भने आफ्नो दैनिक डाइटमा एक टेबल स्पुन ओलिभ ओयल समावेश गर्नुपर्छ । 

पानी : हाम्रो शरीरका कोषमा पानी नै हुन्छ, तर पानीको कमी भए छाला सुख्खा हुन पुग्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । यसले छालाको नरमपन कायम रहन्छ ।

ग्रीन टी : ग्रीन टी फ्रि र्‍याडिकल्ससित लड्न भिटामिन ईको तुलनामा दुई सय गुणा बढी लाभदायक छ । यसले शरीरभित्रबाट सफाइ गरी छाला पनि सफा राख्छ । यो ब्ल्याक हेड्ससित लड्न पनि सहायक हुन्छ ।

लो फ्याट मिल्क : यो क्याल्सियमबाट भरपुर हुन्छ र यसले हड्डी मात्र नभई बडी पोस्चरलाई पनि मजबुत र सही राख्छ । यसमा भएको प्रोटिनले छाला, केश एवं नङमा पनि चमक ल्याउँछ । यसमा भएको फस्फोरसले दाँतको स्वास्थ्य एवं सुन्दरता कायम राख्छ ।

डार्क चकलेट : वैज्ञानिकहरूका अनुसार यसमा ग्रीन टी र रेड वाइनभन्दा बढी एन्टी अक्सिडेन्ट हुन्छ । यसले छालाको रंगमा निखार ल्याउँछ । छालालाई सुकोमल बनाएर घामको नकारात्मक प्रभावबाट पनि जोगाउँछ ।

ब्रोकाउली : यसमा भएको एक प्रकारको एसिडले खुट्टामा कोलोजनलाई साह्रो हुनबाट रोक्छ, जसबाट सेल्युलाइट्स बन्न पाउँदैन र खुट्टाको सुन्दरता कायम रहन्छ ।

कफी : यो पनि एन्टी अक्सिडेन्ट्सले भरपुर हुन्छ । यसले सन ड्यामेजबाट छालालाई जोगाउँछ भने छाला झोल्लिन र चाउरी पर्नबाट पनि रोक्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement