Advertisement
Advertisement
Advertisement
Advertisement

रायपुरमा भारत–जिम्बाब्वे महिला क्रिकेट हेर्न महिलालाई निःशुल्क प्रवेश

  |      14:54:00   |  
web image
web image
असोज ३० , काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित रायपुरमा भारत र जिम्बाब्वेबीच हुने महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका तीनवटै खेलमा महिला दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन्। छत्तीसगढ राज्य क्रिकेट सङ्घले मुख्यमन्त्री विष्णुदेव सायको सुझावपछि महिला दर्शकका लागि टिकट शुल्क नलिने निर्णय गरेको हो। 
रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अक्टोबर १६, १८ र २० मा खेल सञ्चालन हुनेछन्। तीनवटै खेल स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने तालिका छ।
रायपुरमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो। महिला दर्शकलाई निःशुल्क प्रवेश दिने निर्णयले उनीहरूको खेलप्रतिको रुचि र सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। क्रिकेट सङ्घले महिला समर्थकलाई रङ्गशालामा उपस्थित भएर भारतीय टोलीलाई समर्थन गर्न आग्रहसमेत गरेको छ। 
यसै शृङ्खलाबाट स्मृति मन्धनाले भारतीय महिला क्रिकेट टोलीको पूर्णकालीन कप्तानका रूपमा जिम्मेवारी सम्हाल्दैछिन्। भारत र जिम्बाब्वेबीचको यो पहिलो द्विपक्षीय महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हो।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement