असोज २९ , काठमाडौं । पूर्वसांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की केन्द्रीय सदस्य विनिता कठायत दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको सदस्यमा मनोनीत भएकी छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कठायतलाई समितिको सदस्यमा मनोनयन गरेका हुन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पत्रमार्फत उनको मनोनयनबारे जानकारी दिएका छन्।
कठायत अघिल्लो प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने उनी रास्वपाबाट जुम्लामा प्रत्यक्षतर्फ उम्मेदवार बने पनि पराजित भएकी थिइन्।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको तयारी, व्यवस्थापन र सञ्चालनका लागि मूल आयोजक समितिले आवश्यक काम गर्नेछ।
Share this with your friends: