काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसी–हाँसी जीवन बिताउन चाहन्थिन् । विशेष रूपमा व्यथाले च्यापेपछि मात्र उनको अनुहारमा उदासी छाउँथ्यो । ‘कसरी सक्छ्यौ शान्ता यस्तो व्यथा सहन ?’ आफूलाई त रुघा लाग्यो भने पनि निकै कठिन हुन्छ । मैले प्रश्न तेस्र्याएँ । विन्दु, परेपछि थाहा पाउँछ्यौ । अहिले तिमी निरोगी छ्यौ अनि यस्तो कुरा गछ्र्यौ । ‘त्यसैले होला तर म त रोगी भएर बाँच्नुभन्दा आत्महत्या गरेर मरिदिन्थें ।’
तिमीले भनेजस्तो सजिलो छैन आत्महत्या गर्न विन्दु । हेर न त्यो उर्मिलाले आत्महत्या गर्न नखोजेकी हो र ? मर्न भनेर रुखको हाँगामा झुन्डिँदा हाँगै भाँचिएर भुइँमा झरी तर मर्न सकिन । अहिले ढाड भाँचिएर घरमै कुप्रिएर बसेकी छे । आफूले चाहेजस्तो सहज जीवन हो भने त यो संसारका मानिसहरूले दु:ख पाउने नै थिएनन् । संसारका सबै दु:खीले जीवनलाई बोझ मानेर आत्महत्या गरे भैहाल्यो नि । किन भोकभोकै बाँच्न चाहन्थे र विन्दु ?
म मौन रहें ! उसको प्रश्नको उत्तर दिन सकिन । त्यत्तिकैमा शान्ताको लोग्ने एउटी दुब्ली, पातली र रोगीजस्तै देखिने केटीलाई लिएर घर आए । शान्ता ऊ कुसुम हो । तिमीलाई यसो दिउँसो बोल्ने साथी हुन्छ भनेर ल्याइदिएको भन्दै प्रभात भान्सा कोठामा गए । म जुरुक्क उठें र आफ्नो घर आएँ । सोचें शान्ता रोगी छे काम गर्न सक्दिन भनेर प्रभातले भान्से केटी खोजेर ल्याएछन् । कति माया गर्छन् प्रभातले श्रीमतीलाई । त्यस्ती रोगी श्रीमतीलाई पनि स्याहारेर बसेका छन् । आफ्नो त कर्मै फुटेको । एकदिन बिरामी भएर सुतें भने पनि आफू चाहिँ टन्न होटलमा खाएर आउँछन् र अर्कोतिर मुख फर्काएर मस्त घुर्न थाल्छन् । अँ घुरून्, त्यसै गरेको ठीक छ । घरमा नोकर्नी राख्यो भने त्यही केटीसँग घर मालिक सल्किएर मालिक्नीको बिजोक भएका थुपै्र उदाहरण पनि छन् । म त जेसुकै होस्, घरमा नोकर्नी त राख्दैराख्दिन । बरु सबै काम आफै गर्छु । मैले यसो शान्ताको घरतिर चियाएँ ।
शान्ता बरन्डामा बसेर घाम तापिरहेकी थिई । हिजो उसको लोग्नेले ल्याइदिएकी केटी उसको कपाल कोरिरहेकी थिई । के हो शान्ता, स्याहार गर्ने मान्छे त दरै पाइएछ नि ? मैले उसलाई जिस्काएँ । ‘अँ विन्दु अलि प्रभातको पनि बोझ कम हुने भयो अब । आइमाईले पकाएको हातको खाना मीठो मान्दै खाएर अफिस गयो ऊ । हेर न विचरी यो कुसुमको भाग्य † विवाह गरेको तीन महिना बित्न नपाउँदै अज्ञात समूहले अपहरण गरेर उसको लोग्ने मारिदिएछ । विन्दु † हामी सबै केटाकेटी हुँदा मात्र खुसीले रमाउन पाउँदा रहेछौं । सती प्रथाको उन्मूलन चन्द्र शमशेरले गरेजस्तै, यो बोक्सी प्रथाको पनि उन्मूलन भए कति राम्रो हुन्थ्यो । प्रभात विवेकी भएकाले कुसुम बाँचेकी छ । नत्र यत्रो ठूलो सहरमा एउटी गाउँले युवती जो बोक्सीको आरोपमा गाउँ निकाला भएकी थिई । कहाँ बिलाउँथी कहाँ ? विन्दु यो घरमा कुसुम आएदेखि म एकदमै खुसी छु । म बिरामी भएदेखि नै आर्थिक एवं व्यावहारिक दुवै पक्षको जिम्मेवारी बहन गर्दै आएको थियो प्रभातले । अहिले घरायसी बोझ कम भएको छ उसको ।
अँ त्यो त ठीकै हो तर लोग्नेमान्छेको जात केटी देखेपछि.....अलि होस गर फेरि तिम्री सौता बन्ली नि......! सौता.....सौता.....सौता.......? के हो यो सौता भनेको ? आइमाईले आइमाईलाई आफूजस्तै सोचेर हेरे हुँदैन विन्दु । फूलको एउटै बोटमा सयौं फूल फुलेका हुन्छन् । के फूलहरू सबै एक–अर्काका सौता नै हुन् त ? फूलले काँडालाई पनि सौता देख्दैन तर हामी नारीहरू एक–अर्कालाई सधै सौताकै आँखाले हेर्छौं । लोग्नेले अर्की ल्याउने भए हामी उनीहरूको दास हुन्छौं । हामी नारीले कहिल्यै नारीको सम्मान गरेनौं, एकजुट भएनौं, एउटीले अर्कीलाई सताइराख्यौं । त्यसैले पितृसत्ता हावी भयो र हामी घरका चार भित्तामा बाँधियौं । तिमी लोग्नेलाई आफ्नो कब्जामा पार्न खोज्छ्यौ तर याद गर विन्दु, तिमीले लगाएको लगामले लोग्नेमान्छेहरूलाई एकै ठाउँमा बाँधिराख्न सक्दैन । .....शान्ता जतिसुकै आदर्श फलाके पनि तिम्रो लोग्ने अहिले कुनै परमहलिासँग टाँसिएर हिँडेकाले हेर्न सक्छ्यौ ? म जङ्गिएँ ।
सक्छु विन्दु मैले कहिल्यै महलिाहरूलाई परमहलिाका रूपमा हेरेकी छैन । म आफू अशक्त भएदेखि नै प्रभातले अर्को विवाह गरोस् भन्ने चाहनामा छु तर उसले मेरो खुसीका निम्ति आफ्नो चाहनालाई मारेको छ । म जवान पुरुषको भावना बुझ्छु विन्दु । म ढिलो–चाँडो मरिहाल्छु तिमी एक्लो जीवन कसरी बिताउँछौ भनेर बारम्बार अनुनय गर्दा पनि मेरो कुरा सुनिरहेको छैन उसले । ‘के त्यसो भए प्रभात रोगी भैदिएको भए तिमी उसलाई छाडेर पोइल जान्थ्यौ ?
परिस्थितिअनुसार जिन्दगी धान्थें होला । विन्दु, सानो छँदा मैले स्वास्नी अगाडि मर्ने लोग्ने मानिसको महाबिजोग देखेकी थिएँ गाउँमा । त्यही बिजोग मेरो लोग्नेको नहोस् भनेर प्रार्थना गरिरहन्थें म । जे नहोस् भने त्यही भयो तर जवानहरूलाई अर्को विवाह गर्न अप्ठ्यारो हुँदैन भनेर मन बुझाएकी छु । एउटा कुरा याद राख विन्दु छोरी–बुहारीहरूलाई बुवा वा ससुराको सेवा गर्न आमा वा सासूको जस्तो सजिलो हुँदैन ।
अँ त्यो त हो । त्यति भनेर म शान्ताको घरबाट बाहिरिएँ । मेरो घरको झ्यालबाट उसको भान्सा कोठा स्पष्ट देखिन्थ्यो । शान्ता आफ्नै कोठामा सुतिरहेकी थिई । कुसुम र प्रभात दुवै भान्सामा गफ गर्दै भात पकाउँदै थिए । मेरो कन्सिरी तातेर आयो । त्यो बिरामी शान्ता भन्न त जे पनि भन्छे तर सौता भनेको त मुटुकै किला हो । यस्तो पाराले त भएन गएर शान्तालाई सचेत गराउनुपर्यो । मैले मनमनै सोचें ।
....एकदिन कुसुम र प्रभात दुवै घरमा नभएको मौका छोपें र मैले शान्तालाई कुरा लगाएँ–हेर शान्ता त्यो कुसुम आएदेखि तिमीलाई प्रभातले त्यति राम्रो हेरचाह पनि गरेको छैन । फेरि जहाँ जाँदा पनि दुई जना सँगै लठारिएर हिँड्नुपरेको किन ? प्रभातसँगै बस्न पाउने अधिकार त तिम्रो पो हो त । तिम्रो अधिकार खोस्दै छे त्यसले । स्वास्नीको आँखा छलेर बाहिर–बाहिर केटीसँग हिँड्ने लोग्नेमान्छे त थुप्रै देखेकी थिएँ समाजमा तर तिमीले कसरी टुलुटुलु हेर्न सकेकी आफ्नै अगाडि आफ्नै लोग्ने परमहलिासँग टाँसिएर बसेको । म भए त जगटा–सगटा छरिदिन्थें त्यो नकचरीको, बुझ्यौ ।’
‘.....हो विन्दु तिमिसँग शक्ति छ, तिमी राम्री छ्यौ । कुनै बेला म पनि तिमीजस्तै राम्री एवं शक्तिशाली थिएँ । मलाई पूर्ण विश्वास छ त्यो क्षण मैले प्रभातलाई पूर्णरूपमा शारीरिक सन्तुष्टि दिएकी थिएँ । त्यति हुँदाहुँदै पनि प्रभातले लतासँग प्रेम गर्यो । त्यो क्षण त्यो समय मैले पनि चाहेकी भए लताको जगल्टा छर्न सक्थें तर म सुरुदेखि नै ‘प्रेमले मान्छेको जस्तो ह्दयलाई पनि पगाल्न सक्छ र विद्रोहले मान्छेको मन जित्न सकिन्न भन्ने कुरामा विश्वास गर्थें । मैले लतालाई प्रेमले पगालें । मेरो व्यवहार देखेपछि लता प्रभातबाट आफै टाढिई । के गर्ने विन्दु अहिले भए त म लतालाई प्रभातबाट अलग्याउने थिइन तर त्यतिबेला प्रभातका लागि म नै काफी थिएँ र मैले उसलाई लताको आवश्यकता महसुस गर्न दिइन । अहिले त उसको विवाह पनि भैसक्यो, छोराछोरी भैसके ।
मैले लतालाई आफूबाट अलग्याउन प्रेम गरें तर तिमीले कमलालाई आफूबाट अलग्याउन जगल्टा छर्यौ । आखिर के जित्यौ तिमीले ? आफ्नै रिस र घमण्डका कारणले जवानीमै पतिबाट त्यागिएर बस्नुपरेको छ । लोग्ने मानिसहरूलाई अर्को विवाह गर्न सजिलो हुन्छ तर हामी महिलाहरूलाई अर्को विवाह गर्न त्यति सजिलो छैन विन्दु । पुरुषहरू जे गरे पनि चोखै हुन्छन् तर हामी महिलाहरू जुठो लोटाउनका निम्ति प्रयोग हुने गोबर हौं । जब त्यो चोखो गोबरले जुठो टिप्छ, अनि बेवारिसे जुठ्यानमा मिल्काइन्छ । जिन्दगी लामो छ विन्दु । जेजस्तो भए पनि परापूर्वककालदेखि नै हामी नारी र पुरुषहरू एक–अर्काका परिपूरक हुँदै आयौं । नारी र पुरुषबिना संसारको सृष्टि नै सम्भव छैन । ‘शान्ता बहकिरहेकी थिई, म केही नबोली जुरुक्क उठें र घर गएँ । जताततै अँध्यारो देखें । केशवलाई निकै बेर सम्झें । मेरो रुखो व्यवहारलाई मायाले जित्न खोजेको थियो उसले तर त्यतिबेला मेरो मन संवेदनहीन भएको थियो ।
म ऊ कुनै केटीसँग नबोलोस् भन्ने चाहन्थें । केटीसँग बोल्यो कि शंका गरिहाल्थें । ऊसँग बाझ्थें, भाँडभैलो गर्थें, उसलाई घरमा बस्न अप्ठ्यारो बनाइदिन्थें । तैपनि मेरो सबै व्यवहार चुपचाप सहेको थियो उसले । जुन दिन मैले कमलालाई जगल्ट्याएँ त्यही दिन उसको मन भाँचियो । ऊ कमलालाई लिएर अन्तै बस्न थाल्यो । मैले मुद्दा हालें, सम्पत्ति आफ्नो बनाएँ । कमाएको आधा पैसा उसले मलाई पठाइदिन्छ । म उसैको कमाइ खाएर निर्धक्क बसेकी छु । केशवले मलाई मज्जाले सुमसुम्याउँथ्यो तर सम्पत्तिले त्यसो गर्दो रहेनछ । ऊ कमलालाई असाध्यै प्रेम गर्छ र कमलाले पनि उसलाई त्यत्तिकै प्रेम गर्छे । शान्ता तिमीले भनेको कुरा सत्य रहेछ । ‘प्रेमले मान्छेको ह्दय पगाल्दो रहेछ ।
विद्रोह र घृणाले मान्छेको मन नजितिँदो रहेछ ।’ म एकाएक शान्ताको काखमा गएर घोप्टिएर रुँदै पोखिएँ–शान्ता किन म तिमीजस्तो उदार हुन सकिन ? मैले सधै केशवको अगाडि घमण्ड गरें । तिमीजस्ता थोत्रा बूढा त कति हो कति पाउँछु भनें तर अहिले कसैले पनि मेरो मुखमा हेर्दैनन् । छुच्ची र घमण्डी आइमाई भनेर टाढैबाट मुन्टो फर्काएर हिँड्छन् । घमण्डकै कारण मैले केशवको मन जित्न सकिन तर कमलाले उसलाई ह्दयको बगैंचामा सजाएकी छे । एकैछिन छुट्टिँदैनन् । जब रात पर्छ सबैका घरका कोठा–कोठामा झ्यालपर्दाहरू तानिन्छन् अनि म हररात असह्य व्यथामा छटपटाउँछु ।’ एक्लो जीवन काट्न निकै कठिन हुँदोरहेछ । ‘मायाका साथै कुनै बेला शरीरको पनि आवश्यकता पर्दोरहेछ मान्छेलाई । ‘कुरा बल्ल बुझिछ्यौ । विन्दु, शरीरको आवश्यकतालाई महसुस गरेर मैले प्रभातको विवाह गराउन खोजेकी हुँ ।’
मेरो र शान्ताबीचमा कुरा चल्दाचल्दै प्रभात अफिसबाट आएर शान्ताको छेउमा बसे । कुसुमले चिया–नास्ता ल्याइदिई । चियाको गिलास समाउँदै प्रभातले भने–‘ठ्याक्कै तिम्रै जस्तो स्वभाव छ कुसुमको पनि शान्ता ।’ कहिल्यै कुसुमप्रति त्यति चासो नदेखाउने प्रभातले कुसुमको वर्णन गर्दा शान्ता खुसी हुँदै भन्न थाली–मानिसले जित्नुपर्ने सबैभन्दा ठूलो कुरा मन हो विन्दु ।’ आज म एकदमै खुसी छु कुसुमले प्रभातको मन जितेकी छे र मेरा चाहना पूरा गरेकी छे । अब म ढुक्कले मर्ने भएँ । विन्दु तिमीले पनि अब रिस र घमण्डलाई त्यागेर आफूभित्र ममताका नदीहरू बगाउनेछ्यौ भन्ने कुरामा म विश्वस्त छु । त्यति भन्दै उसले प्रभातको हात समातेर कुसुमको हातमा राखिदिई ।
प्रभात एकाएक रोयो र बहकियो–‘तिम्रो जस्तै स्वभाव भएकी कुसुमलाई पनि भगवान्ले छिट्टै आफ्नो काखमा लान तिमीलाई जस्तै ब्लडक्यान्सर पठाइदिए भने म के गरूँ ? शान्ता मलाई यही हालतमा बाँच्न देऊ । त्यसो नभन प्रभात † जिन्दगी लामो छ । यो लामो यात्रा एक्लै कसरी गर्छौ तिमी ? म त एकदमै खुसी छु । अब मेरो प्रभातले मेरो अभावमा एक्लिनुपर्ने छैन । बिरक्तिनुपर्ने छैन । ......एकाएक उसलाई रोगले च्याप्यो र मौन भई, बेहोस भई । कुसुम र प्रभात रुँदै उसलाई बोलिदिन आग्रह गरिरहेका थिए । म मन थाम्न नसकी घरमा आएँ र डङरङ्ग भुइँमा पछारिएँ ।