चैत १० काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-२९ कालिकास्थानबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।