असोज १३, काठमाडौं । गायिका रचना रिमालले संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्नो स्नातक तहको अध्ययन पूरा गरेकी छन्।
रिमालले काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट संगीत र राजनीतिशास्त्र विषयमा स्नातक तह ९बीए० उत्तीर्ण गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो शैक्षिक उपलब्धिबारे खुसी व्यक्त गरेकी छन्।
रिमालका अनुसार संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदा पनि अध्ययनलाई बीचमै नछोड्ने उनको अठोट थियो। व्यस्तताका बाबजुद आफ्नो पढाइ पूरा गर्ने लक्ष्य राखेकी उनले अन्ततः चारवर्षे स्नातक तह सफलतापूर्वक पूरा गरेकी हुन्।
उनले यो उपलब्धिलाई केवल शैक्षिक सफलता मात्र नभई आफ्नो सपना र जिम्मेवारीलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विश्वासको परिणामका रूपमा लिएकी छन्।
स्नातक तह पूरा गर्न सहयोग गर्ने क्याम्पसका शिक्षक, अध्ययनरत साथीहरू, परिवार तथा आफूलाई निरन्तर साथ र हौसला दिने सबैप्रति उनले आभार व्यक्त गरेकी छन्।
रिमालले आफ्नो अध्ययन यात्रा यहीँ नरोकिने पनि बताएकी छन्। आगामी दिनमा संगीतकर्मसँगै पढाइलाई समेत निरन्तरता दिँदै अझ अगाडि बढ्ने आफ्नो योजना रहेको उनले उल्लेख गरेकी छन्।
Share this with your friends: