Advertisement
Advertisement
Advertisement
Advertisement

महिला हिंसाविरुद्ध अबुजाका १२ वडामा सूचना र सचेतना अभियान

  |      12:50:00   |  
महिला हिंसाविरुद्ध अबुजाका १२ वडामा सूचना र सचेतना अभियान

असोज २० , काठमाडौं । नाइजेरियाको अबुजा म्युनिसिपल एरिया काउन्सिल ९एएमएसी० ले महिलामाथि हुने लैंगिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा अभियान अघि बढाएको छ। एएमएसीले ब्रेन आर्क लिमिटेड र कार्टर सेन्टरको सहकार्यमा काउन्सिलअन्तर्गतका १२ वटै वडामा महिलालाई अधिकार, हिंसाविरुद्धको कानुनी व्यवस्था र सहायता सेवाबारे जानकारी दिने अभियान सुरु गरेको हो।

‘इन्फर्म विमेन, ट्रान्सफर्म लाइभ्स’ नामक अभियानको उद्देश्य महिलाको सूचनामा पहुँच बढाउँदै लैंगिक हिंसाका घटना रोकथाम तथा पीडितलाई आवश्यक सेवासम्म पुर्‍याउनु रहेको बताइएको छ। अभियानले ७ लाख ५० हजारभन्दा बढी महिला तथा समुदायका सदस्यसम्म पुग्ने लक्ष्य राखेको छ।

एएमएसीका अध्यक्ष क्रिस्टोफर जक्का माइकलाङ्गुले महिलालाई सही सूचना उपलब्ध गराउनु उनीहरूलाई आफ्नो स्वास्थ्य, शिक्षा, व्यवसाय र अधिकारबारे निर्णय लिन सक्षम बनाउने महत्वपूर्ण आधार भएको बताएका छन्। अभियानलाई धार्मिक तथा परम्परागत नेतृत्वसहित स्थानीय समुदायको सहयोगमा अघि बढाइने उनको भनाइ छ।

यूएन वुमनकी प्रतिनिधि सुजान अगाडाले ग्रामीण क्षेत्रमा गुणस्तरीय सूचनामा महिलाको पहुँच कमजोर हुँदा उनीहरूको जीविकोपार्जन, आर्थिक अवसर, राजनीतिक सहभागिता तथा सामाजिक न्यायमा असर परेको बताएकी छन्। उनका अनुसार सूचना पहुँचलाई लैंगिक समानता र दिगो विकाससँग जोडेर हेर्न आवश्यक छ।

अभियानअन्तर्गत रेडियो, टेलिभिजन, होर्डिङ बोर्ड तथा समुदायस्तरीय छलफल र सहकर्मीमार्फत सूचना आदानप्रदान गरिनेछ। साथै, महिला तथा बालिकामाथि हुने हिंसा, यौन दुर्व्यवहार तथा अन्य प्रकारका दुव्र्यवहारविरुद्ध उजुरी र सहयोग लिन सकिने माध्यमबारे जानकारी पुर्‍याइनेछ।

यसअघि एएमएसीले लैंगिक हिंसाका पीडित तथा घटनाका साक्षीले तत्काल सहायता माग्न सक्ने आपत्कालीन हेल्पलाइनसमेत सुरु गरेको जनाएको थियो। त्यसमार्फत सुरक्षा, कानुनी, स्वास्थ्य तथा अन्य सहयोग सेवामा पहुँच दिलाउने व्यवस्था गरिएको छ।

अभियानले महिलामाथिको हिंसा रोक्न सरकारी निकायसँगै स्थानीय समुदाय, धार्मिक तथा परम्परागत नेतृत्व र नागरिक समाजको सक्रिय सहभागितामा जोड दिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement