Advertisement
Advertisement
Advertisement
Advertisement

‘म उद्यमी’ ट्रेडमार्कबाट महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान

  |      14:58:00   |  
‘म उद्यमी’ ट्रेडमार्कबाट महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान
असोज ३० , काठमाडौं । महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउने उद्देश्यले महिला उद्यमी महासङ्घ नेपालले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत उत्पादनको प्रवर्द्धन र बजारीकरण अभियान अघि बढाएको छ।
महासङ्घले नेपाल सरकारबाट सामूहिक ट्रेडमार्क प्राप्त गरेसँगै महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई एउटै साझा पहिचानमा बजारमा पुर्‍याउने पहल गरेको हो। यस अभियानमार्फत उपभोक्ताले महिला उद्यमीका उत्पादन सहजै पहिचान गर्न सक्ने र उत्पादनप्रति विश्वास बढ्ने अपेक्षा गरिएको छ।
महासङ्घका अनुसार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित प्रदर्शनीमा देशका विभिन्न जिल्लाका १०० भन्दा बढी महिला उद्यमीका उत्पादन समावेश गरिनेछ। प्रदर्शनीमा ढाकाका सामग्री, गलैँचा, हाते कागजका वस्तु, प्राकृतिक रेसाजन्य सामग्री, जैविक खाद्य पदार्थ, कृषिजन्य उत्पादन, गरगहना, मूर्ति तथा सजावटका सामग्री राखिनेछन्।
विशेषगरी नेपालमै उपलब्ध कच्चा पदार्थमा आधारित कृषि तथा हस्तकलाका उत्पादनलाई प्राथमिकता दिइएको महासङ्घले जनाएको छ। यसले घरेलु, साना तथा मझौला उद्यम सञ्चालन गरिरहेका महिला व्यवसायी र निर्यातकर्तालाई आफ्ना उत्पादन प्रदर्शन गर्ने, नयाँ ग्राहक भेट्ने तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्नेछ।
महासङ्घकी अध्यक्ष दर्शना श्रेष्ठका अनुसार गुणस्तरीय उत्पादन मात्र पर्याप्त नभई बजारमा छुट्टै पहिचान र उपभोक्ताको विश्वास स्थापित गर्नु पनि आवश्यक छ। ‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने अवधारणामा अघि बढाइएको अभियानले महिला उद्यमीका उत्पादनलाई साझा पहिचान दिलाउनुका साथै ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
महिला उद्यमी महासङ्घले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा काम गर्दै आएको छ। आगामी दिनमा ‘म उद्यमी’ ट्रेडमार्कको पहुँच देशभर विस्तार गर्ने, उत्पादनको गुणस्तर सुधार गर्ने तथा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा महिला नेतृत्वका उद्यमको पहुँच बढाउने लक्ष्य राखिएको छ।
महासङ्घले यस अभियानलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, व्यावसायिक पहिचान र दिगो उद्यम विकासको माध्यम बनाउने जनाएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement