साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ । कुनैपनि समाज, परिवार र व्यक्ति -व्यक्तिवीचमा उत्पन्न हुने भावनात्मक समस्या हो । भावनात्मक समस्यालाई एक अर्कामा पहिचान गर्न सकेन भने त्यो ठुलो समस्याको रुपमा उत्पन्न हुन्छ । यत्सले गर्दा समस्यामा परेका कुनैपनि व्यक्तिलाई दैनिक रुपमा आफ्नो कामकाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वाँधा परिरहेको हुन्छ । यो समस्याले दैनिक धेरै कुरामा परिवर्तन ल्याउन सक्छ । जस्तै सोचाई, व्यक्तिको भावनामा, व्यवहारमा, शारीरिकरुपमा विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । मनोसामाजिक समस्या विभिन्न कारणहरुबाट उत्पन्न हुन्छ । मनोसामाजिक समस्या यही कारणले मात्र हुन्छ भन्ने छ्रैन । सबैसँग समस्यासँग लड्न सक्ने क्षमता हुन्छ भन्ने पनि छैन । जो व्यक्ति आफ्नो समस्यासँग लड्न सक्दैन उसलाई सामाजिक रुपमा विभिन्न समस्याले घेरिएको हुन्छ । जस्ले गर्दा त्यसको नतिजा नकरात्मक भइदिन्छ ।
मनोसामाजिक समस्या भएपछि सो व्यक्तिमा मन (mind), शारिरीक (body), व्यवहार (behavior) र सम्बन्ध (relation) प्रत्यक्ष रुपमा असर पुर्याउँछ । यी चार मध्ये कुनै एकमा मात्र समस्या देखा परेपनि त्यसले अर्को समस्यमा उत्पन्न गर्छ । जसले गर्दा व्यक्तिमा जहिले पनि नकारात्मक विचार मात्र आईरहन्छ र आफु जहिले पनि एक्लो भएको महसुुस हुन्छ । अन्त्यमा आफ्नो जीवनलाई नै समाप्त गर्न पछि हट्दैन् । यस्ता विभिन्न नकरात्मक सोच दिमागा बारम्बार आउन थाल्छन् । हाम्रो समाजमा मनोसामाजिक समस्या भएको व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ । यस्तो समस्या भएको व्यक्तिलाई दिमाखिय हालत विग्रेको वा पागल भएको भन्ने धारणा राख्ने हाम्रो समाजको नियमित काम जस्तो भएको छ । अझै यो सोचलाई न्यूनिकरण गर्न समय लाग्छ । मनोसामाजिक समस्या घट्नु भन्दा उल्टै बढेको पाईन्छ । यो एउटा ठुलो रोेग हो जुन निको हुँंदैन भन्ने जनमासमा परेको छ । तर यो समस्या निको हुन सक्छ । मनोसामाजिक समस्या समाधान गर्नको लागि डाक्टर, धामी, झाक्री आदिकोमा जानु भन्दा पनि आफ्ना समस्यालाई पहिचान गरेर समस्याको समाधान गर्न मनोसामाजिक विमर्शकर्ताको सल्लाह महत्वपूर्ण हुन्छ । यस्तो निर्णयले समस्यालाई कम गर्नुका साथै सम्पूर्ण समस्याको हल चाँडो हुन्छ । यस्ले मनो सामाजिक समस्याबाट ग्रसित व्यक्तिमा सकारात्मक सोच आउनुको साथै जिवनलाई कसरी अगाडी वढाउन सकिन्छ भनेर सोच्न सक्ने क्षमताको विकास हुन्छ ।
मनोसामाजिक समस्या भएको जो कोही व्यक्तिले पनि आफ्रनो समस्यालाई समाधान गर्नका लागि स्वयंमले दैनिक आफुलाई के भैरहेको छ ? भनेर खोजि गर्नु पर्छ । आफ्नो समस्यालाई समाधान गर्न विभिन्न किसिमका योगहरु गर्ने, मनको कुरा आफ्नो मन मिल्ने अर्थात नजिकको साथीसँग आदनप्रदान गर्ने, आफुलाई दैनिक रुपमा व्यस्त राख्ने, रुचि अनुसारको क्रियाकलापहरु गर्ने । यति गर्दापनि आफुलाई नियन्त्रण वा समाधानतिर लान सकिएन भने मनोविमर्शकर्तालाई भेटी आफुलाई के भैरहेको छ सबै समस्या बताउनु पर्छ, जसले गर्दा समस्या समाधान हुन्छ ।
मनोसामाजिक समस्या कुनै पनि कारणले उत्पन्न हुन सक्छ .
यस्ता छन् कारणहरु :
►मानव वेचविखन तथा ओसापसार
►सामाजिक कुप्रथा
►लागु पर्दाथको प्रयोग
►समाजले हेर्ने दृष्टिकोण
►वेरोजगार
►भावनाको कदर नहुनु
►विभिन्न किसिमका द्धन्द्ध
►दिर्घकालिन रोग
►दैविक प्रकोप
►वालविवाह वा अनमेल विवाह
► असफल हुनु आदि
सुमित्रा श्रेष्ठ
वरिष्ठ मनोसामाजिक अधिकृत
माइती नेपाल
Share this with your friends: