काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई प्रोटिन, मिटामिन एवं मिनरलको अलग–अलग मात्राको आवश्यकता हुन्छ । उमेरलाई ध्यानमा राखेर गरिने भोजनले मात्र मानिस स्वस्थ रहन्छ ।
किशोरावस्था– यो उमेरमा शरीरको मेटाबोलिक रेट धेरै हदसम्म बढ्छ । मानिसले खाने भोजन ऊर्जामा परिवर्तन हुन्छ । शरीरको विकासका लागि प्रोटिनको आवश्यकता हुन्छ । यसका लागि दूधबाट उत्पादित वस्तु एवं मासु खानुपर्छ । हड्डी बलियो बनाउन क्याल्सियम आवश्यक हुन्छ । किशोरावस्थामा कंकालको बनावट हुने भएकाले क्याल्सियमयुक्त पदार्थ बढी खानुपर्छ । भिटामिन बी र डी शारीरिक एवं मानसिक विकासका लागि आवश्यक हुन्छ ।
भिटामिन एका लागि पहेंला रंगका फल, सब्जी, भिटामिन सीका लागि अमिलो फल तथा भिटामिन इका लागि बदाम, पिस्ता आदि खानुपर्छ । एनिमिया र आइरनको कमीबाट बच्न सलादका अतिरिक्त दालमा पालक हालेर खानु राम्रो हुन्छ ।
बीस वर्षपछि–मांसपेशीको विकासका लागि प्रोटिन तथा कार्बोहाइड्रेट आवश्यक हुन्छ । यतिबेला प्राकृतिक रेसायुक्त स्टार्च भएका भोजन सेवन गर्नुपर्छ । यसबाट मस्तिष्क एवं मांसपेशीलाई ऊर्जा प्राप्त हुन्छ । पोटासियमयुक्त केरा, आलु(छिल्कासहित), च्याउ आदि खानुपर्छ । तनावबाट टाढा रहन भिटामिन सी आवश्यक हुन्छ ।
मुटुको रोगबाट बच्न र सन्तानको जन्म ठीक ढंगले होस् भन्ने हेतुले पालक र हरियो सब्जी बढी मात्रामा सेवन गर्नुपर्छ । बलियो हड्डीका लागि दैनिक दुई गिलास दूध सेवन गर्नु राम्रो हुन्छ । क्याल्सियमका लागि ब्रोकाउली सेवन गर्न सकिन्छ । यो उमेरमा मेटाविलगमको स्तर कम हुन्छ अनि डायविटिजको पनि खतरा हुन सक्छ । त्यसैले बोसो र चिनीको मात्रा कम गर्नुपर्ने हुन्छ । नुनको मात्रा कम गरी स्याउ, गाजर आदि रंगीन फलहरूका साथै हरियो साग प्रशस्त मात्रामा खानुपर्छ ।
चालीस वर्षपछि– यो उमेरमा बदामको सेवन उपयुक्त हुन्छ । यसले कोलेस्ट्रोलको स्तर तथा ह्दय रोगको खतरा कम गर्छ । यो अवस्थामा शरीरको प्रतिरक्षा प्रणाली मन्द हुन्छ । त्यसैले महिलाहरूले डाइटमा स्टार्च फुडलाई प्राथमिकतामा राख्नुपर्छ । ह्वाइट ब्रेडको साटो ब्राउन ब्रेड, मैदाको स्थानमा गहुँको आटा प्रयोग गर्नुपर्छ । रेसादर हुनुका साथै त्यसले पेट पनि भरिन्छ । मौसमी फलफूल सेवन गर्नु पनि फाइदाजनक हुन्छ । ताजा पानीको माछा खानाले आर्थराइटिसबाट बच्न सकिन्छ । सागसब्जी एवं फलफूल नियमित सेवन गर्नुपर्छ ।
पचास वर्षपछि– आँखाको दृष्टिलाई स्वस्थ राख्न पालक खानुपर्छ । स्याउ र प्याजमा प्लान्ट पालेल्फेनोल्स हुन्छ जसले शरीरलाई ह्दय रोग, आस्टियोपोरोसिसको खतरा बढ्छ । भिटामिन बी तथा बी–१२ जस्ता माइक्रोट्रिएन्टसले ह्दयलाई सुरक्षित राख्छ । भिटामिन बी–७ का लागि केरा, आलु तथा अनार आदि उपयुक्त हुन्छन् ।
भिटामिन बी–१२ का लागि भने अण्डा, माछा र कुखुराको मासु राम्रो हुन्छ । पहाडी बदाम, ओखर आदिमा भिटामिन इ पाइन्छ । यिनले शरीरको प्रतिरक्षा प्रणालीलाई सबल र चुस्त राख्छन् । स्तन क्यान्सरबाट बच्न हरिया, पहेंला सागपात, फलफूल, सुन्तला, ब्रोकाउली आदि सेवन फाइदाजनक हुन्छ । क्याल्सियमका लािग कम बोसो भएको दूध, चीज, दही, आदि सेवन गर्न सकिन्छ ।