Advertisement
Advertisement
Advertisement
Advertisement

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानमा बागमतीका ८६ प्रतिशत किशोरी समेटिए

  |      16:04:00   |  
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानमा बागमतीका ८६ प्रतिशत किशोरी समेटिए

फागुन ९, काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेशका १३ जिल्लाका दुई लाख ५६ हजार १९१ जनाले मात्रै खोप लगाएका हुन् । अभियानमा दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि सुरु भएर ६ फागुनमा सकिएको हो ।

१३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा शतप्रतिशत किशोरीले खोप लगाएका छन् । मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा अभियानको अन्तिम दिन ६ फागुनसम्म ११ हजार १६० किशोरीले खोप लगाएका हुन् । दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । दोलखामा ६ हजार ५२० किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ४८० जनाले खोप लगाएका हुन् ।

रामेछापका सात हजार ७८ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५२ अर्थात् ९८ प्रतिशत, सिन्धुपाल्चोकका १० हजार ४६८ मध्ये १० हजार ११७ अर्थात् ९७ प्रतिशत, सिन्धुलीका १४ हजार ६२२ मध्ये १४ हजार ८२ अर्थात् ९६ प्रतिशत, बागमती प्रदेशमा सबैभन्दा कम रसुवाका एक हजार ६८६ जनामा एक हजार ६२० अर्थात् ९६।१ प्रतिशतलाई एचपिभी खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार ५१५ अर्थात् ९६ प्रतिशत, धादिङका १४ हजार ५७३ जनामा १३ हजार ८२४ अर्थात् ९५ प्रतिशत, मकवानपुरका २२ हजार ७१३ जनामा २० हजार ९३ अर्थात् ८८ प्रतिशत, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ४४७ अर्थात् ८४ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

भक्तपुरका १९ हजार २९५ जनामा १६ हजार ३७६ अर्थात् ८५ प्रतिशत, प्रदेशमा सबैभन्दा बढी काठमाडौंका एक लाख ११ हजार १०४ जनामा ८८ हजार १०८ अर्थात् ७९ प्रतिशत र ललितपुरका ३१ हजार ९८५ जनामा २५ हजार ११७ जना अर्थात् ७९ प्रतिशत किशोरीले एचपिभी खोप लगाएका छन् ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि प्रदेशमा आठ हजार ७३६ स्वयंसेवक र चार हजार ३२४ जना कर्मचारी खटाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानमा खोप लगाउन छुटेका किशोरीलाई नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement