Advertisement
Advertisement
Advertisement
Advertisement

जलवायु परिवर्तनले बढायो श्रमिक महिलाको संकट, प्रभावित समुदायलाई न्याय दिन माग

  |      13:37:00   |  
जलवायु परिवर्तनले बढायो श्रमिक महिलाको संकट, प्रभावित समुदायलाई न्याय दिन माग

असोज १४, काठमाडौं । जलवायु परिवर्तनका कारण दैनिक जीवन र रोजगारीमा परेको असरबारे आवाज उठाउँदै प्रभावित समुदायलाई न्याय दिन माग गरिएको छ। काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आयोजित जलवायु न्यायसम्बन्धी अभियान तथा दीप प्रज्वलन कार्यक्रममा जलवायु संकटको सबैभन्दा प्रत्यक्ष असर भोगिरहेका समुदायका समस्या सम्बोधन गर्न माग गरिएको हो।
कार्यक्रममा जलवायु परिवर्तनका कारण श्रमिक महिलाको दैनिक जीवन, रोजगारी र आम्दानीमा समेत असर परेको विषय उठाइएको थियो। प्राकृतिक विपद् बढ्दै जाँदा विशेषगरी सीमित स्रोतसाधनमा निर्भर श्रमिक समुदाय थप प्रभावित हुने भन्दै उनीहरूको अधिकार र सुरक्षालाई जलवायु नीतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको छ।
जलवायु संकटलाई केवल वातावरणीय समस्याका रूपमा नभई सामाजिक तथा आर्थिक न्यायसँग जोडिएको विषयका रूपमा लिनुपर्ने सहभागीहरूको भनाइ थियो। प्रभावित समुदायको क्षति तथा समस्याको उचित सम्बोधनसँगै उनीहरूलाई पुनःस्थापना र सुरक्षित जीवनयापनका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
कार्यक्रममार्फत जलवायु परिवर्तनको असर सबै समुदायमा समान नपर्ने र जोखिममा रहेका श्रमिक तथा सीमान्तकृत समुदायले बढी भार वहन गर्नुपर्ने अवस्था रहेको विषयमा ध्यानाकर्षण गराइएको थियो। जलवायु नीतिमा प्रभावित समुदायको सहभागिता र न्याय सुनिश्चित गर्नुपर्ने माग पनि उठाइएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement