Advertisement
Advertisement
Advertisement
Advertisement

रातको सडक महिलाका लागि पनि हो भन्ने सन्देश दिन बेङ्गलुरुमा ५ किलोमिटर ‘नाइट वाक’

  |      10:40:00   |  
रातको सडक महिलाका लागि पनि हो भन्ने सन्देश दिन बेङ्गलुरुमा ५ किलोमिटर ‘नाइट वाक’
असोज १४, काठमाडौं । भारतको बेङ्गलुरुमा महिलाका लागि सार्वजनिक स्थानलाई रातिसमेत सुरक्षित बनाउन माग गर्दै करिब २०० जनाले ५ किलोमिटर पैदल यात्रा गरेका छन्। अधिकांश महिला सहभागी रहेको उक्त समूहले राति ९ः३० बजे कोरमंगला क्षेत्रबाट इन्दिरानगरसम्म पैदल यात्रा गरेको हो।
आयोजकहरूले जानाजानी कम उज्यालो भएका र सुनसान क्षेत्र समेटिएको बाटो रोजेका थिए। रात परेपछि महिलाले सार्वजनिक स्थान प्रयोग गर्दा भोग्नुपर्ने असुरक्षातर्फ ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य रहेको बताइएको छ। यो अभियान ‘ध्जथ ीयष्तभच’ अभियानसँग पनि जोडिएको थियो, जसले महिलालाई राति पनि सार्वजनिक स्थान स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनुपर्ने विषय उठाउँदै आएको छ।
भारतका विभिन्न स्थानमा महिलामाथि हिंसा तथा यौन दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका बेला बेङ्गलुरुको यो पदयात्रा आयोजना गरिएको हो। सहभागीहरूले महिलाको सुरक्षाका लागि सडक पूर्वाधार, प्रकाश व्यवस्था र सार्वजनिक स्थानमा सुरक्षित वातावरण आवश्यक रहेको बताएका छन्।
यात्राका क्रममा समेत केही महिलामाथि पुरुषहरूले जिस्क्याउने तथा अभद्र व्यवहार गरेको आयोजकहरूले बताएका छन्। सहभागीहरूले आफ्ना व्यक्तिगत दुर्व्यवहार र हिंसाका अनुभवसमेत साझा गर्दै सार्वजनिक स्थानमा महिलाको सुरक्षालाई निरन्तर बहसको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement