असोज १२, काठमाडौं । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा महिला तथा बालिकामाथि हुने अनलाइन तथा प्रविधिमा आधारित हिंसा नियन्त्रणका लागि विश्वव्यापी सहकार्य बढाउन आह्वान गरिएको छ।
क्रोएसिया र संयुक्त राष्ट्रसंघीय महिला निकाय ९यूएन वुमन० ले सेप्टेम्बर २३ मा आयोजना गरेको मन्त्रीस्तरीय छलफलमा सरकार, हिंसा प्रभावित व्यक्ति, नागरिक समाज, प्रविधि विज्ञ तथा युवाहरू सहभागी भएका थिए। छलफलमा डिजिटल प्रविधिको विकाससँगै महिलामाथि हुने हिंसाका नयाँ स्वरूपलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो।
क्रोएसियाका प्रधानमन्त्री आन्द्रे प्लेन्कोभिचले अनलाइन हिंसालाई केवल डिजिटल समस्या मात्रका रूपमा हेर्न नहुने बताएका थिए। यूएन वुमनकी कार्यकारी निर्देशक सिमा बहाउसले महिलाले डिजिटल तथा सार्वजनिक क्षेत्रमा सुरक्षित रूपमा सहभागी हुन पाउनुपर्ने र प्रविधिको विकास तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताइन्।
छलफलमा प्रविधिको दुरुपयोगबाट हुने दुर्व्यवहारलाई लैंगिक समानता र मानवअधिकारको विषयका रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइयो। सहभागी देशहरूले कानुनी सुधार, डिजिटल सुरक्षा, प्रहरी–अदालत–सामाजिक सेवाबीच समन्वय र पीडितकेन्द्रित सहयोग प्रणालीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा अनलाइन दुर्व्यवहारलाई भौतिक संसारमा हुने हिंसाबाट अलग गरेर हेर्न नहुने विषय पनि उठाइएको थियो। प्रविधिको माध्यमबाट हुने धम्की, उत्पीडन र लैंगिक घृणात्मक सामग्रीले महिलाको सार्वजनिक सहभागितालाई समेत प्रभावित गर्न सक्ने भन्दै रोकथामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो।
सहभागीहरूले प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवामा सुरुदेखि नै सुरक्षा, गोपनीयता र मानवअधिकारका पक्ष समावेश गर्नुपर्ने बताएका छन्। साथै, सरकारले प्रभावकारी कानुन कार्यान्वयन, अनुसन्धान तथा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन संस्थागत क्षमता र स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
डिजिटल हिंसा राष्ट्रिय सीमाभन्दा बाहिरसमेत फैलिन सक्ने भएकाले सरकार, नागरिक समाज, निजी क्षेत्र र प्रविधि कम्पनीबीच अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको निष्कर्ष छलफलमा प्रस्तुत गरिएको थियो।न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा महिला तथा बालिकामाथि हुने अनलाइन तथा प्रविधिमा आधारित हिंसा नियन्त्रणका लागि विश्वव्यापी सहकार्य बढाउन आह्वान गरिएको छ।
क्रोएसिया र संयुक्त राष्ट्रसंघीय महिला निकाय ९यूएन वुमन० ले सेप्टेम्बर २३ मा आयोजना गरेको मन्त्रीस्तरीय छलफलमा सरकार, हिंसा प्रभावित व्यक्ति, नागरिक समाज, प्रविधि विज्ञ तथा युवाहरू सहभागी भएका थिए। छलफलमा डिजिटल प्रविधिको विकाससँगै महिलामाथि हुने हिंसाका नयाँ स्वरूपलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो।
क्रोएसियाका प्रधानमन्त्री आन्द्रे प्लेन्कोभिचले अनलाइन हिंसालाई केवल डिजिटल समस्या मात्रका रूपमा हेर्न नहुने बताएका थिए। यूएन वुमनकी कार्यकारी निर्देशक सिमा बहाउसले महिलाले डिजिटल तथा सार्वजनिक क्षेत्रमा सुरक्षित रूपमा सहभागी हुन पाउनुपर्ने र प्रविधिको विकास तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताइन्।
छलफलमा प्रविधिको दुरुपयोगबाट हुने दुर्व्यवहारलाई लैंगिक समानता र मानवअधिकारको विषयका रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइयो। सहभागी देशहरूले कानुनी सुधार, डिजिटल सुरक्षा, प्रहरी–अदालत–सामाजिक सेवाबीच समन्वय र पीडितकेन्द्रित सहयोग प्रणालीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा अनलाइन दुर्व्यवहारलाई भौतिक संसारमा हुने हिंसाबाट अलग गरेर हेर्न नहुने विषय पनि उठाइएको थियो। प्रविधिको माध्यमबाट हुने धम्की, उत्पीडन र लैंगिक घृणात्मक सामग्रीले महिलाको सार्वजनिक सहभागितालाई समेत प्रभावित गर्न सक्ने भन्दै रोकथामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो।
सहभागीहरूले प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवामा सुरुदेखि नै सुरक्षा, गोपनीयता र मानवअधिकारका पक्ष समावेश गर्नुपर्ने बताएका छन्। साथै, सरकारले प्रभावकारी कानुन कार्यान्वयन, अनुसन्धान तथा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन संस्थागत क्षमता र स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
डिजिटल हिंसा राष्ट्रिय सीमाभन्दा बाहिरसमेत फैलिन सक्ने भएकाले सरकार, नागरिक समाज, निजी क्षेत्र र प्रविधि कम्पनीबीच अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको निष्कर्ष छलफलमा प्रस्तुत गरिएको थियो।