Advertisement
Advertisement
Advertisement
Advertisement

यौन हिंसा पीडितलाई न्याय प्रक्रियामा सघाउन निःशुल्क कानुनी सेवा

  |      10:02:00   |  
web image
web image
असोज १२, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा यौन हिंसाबाट प्रभावित व्यक्ति तथा पीडितलाई न्याय प्रक्रियामा सहयोग पुर्‍याउन विशेष निःशुल्क कानुनी परामर्श सेवा सुरु गरिएको छ।
न्यु साउथ वेल्स र संघीय सरकारको सहकार्यमा सुरु गरिएको ‘सेक्सुअल असल्ट सर्भाइभर्स लिगल सर्भिस’ ले यौन हिंसापछि उत्पन्न हुने कानुनी प्रश्नमा विशेषज्ञ परामर्श उपलब्ध गराउनेछ। सेवा लिगल एड न्यु साउथ वेल्समार्फत सञ्चालन हुनेछ।
यस सेवामार्फत पीडितले प्रहरीमा उजुरी गर्ने प्रक्रिया, आपराधिक न्याय प्रणाली कसरी अघि बढ्छ भन्ने विषय तथा अदालतबाट जारी हुने कानुनी आदेश वा कागजातको सामना गर्ने प्रक्रियाबारे निःशुल्क जानकारी र कानुनी सहयोग पाउनेछन्।
समाचारअनुसार यस सेवाका लागि १७ लाख ४० हजार अष्ट्रेलियन डलर छुट्याइएको छ। यो रकम यौन हिंसासम्बन्धी न्याय प्रणालीलाई सुदृढ बनाउने ६२ लाख डलरको प्याकेज अन्तर्गत उपलब्ध गराइएको हो।
अष्ट्रेलियाका सहायक मन्त्री गेड किर्नीका अनुसार यौन हिंसाबाट प्रभावितमध्ये १० प्रतिशतभन्दा कमले मात्र प्रहरीमा उजुरी गर्ने गरेका छन्। कानुनी प्रक्रियाबारे जानकारीको अभाव र प्रक्रिया जटिल तथा मानसिक रूपमा कठिन लाग्नु उजुरीमा देखिएको अवरोधमध्ये एक रहेको उनको भनाइ छ।
अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अष्ट्रेलियामा १५ वर्षको उमेरदेखि करिब प्रत्येक नौ महिलामध्ये एक जनाले यौन हिंसा अनुभव गरेको तथ्यांक छ।
न्यु साउथ वेल्सका महान्यायाधिवक्ता माइकल डेलीले न्याय प्रणालीका विभिन्न चरण पार गर्न पीडितलाई कठिनाइ हुन सक्ने भएकाले नयाँ सेवाले उनीहरूलाई आवश्यक कानुनी सहयोग उपलब्ध गराउने बताए।
सरकारले सञ्चालन गरेको समग्र प्याकेजअन्तर्गत न्यु साउथ वेल्सका ११ स्थानमा यौन हिंसा न्याय प्रणाली नेभिगेटर पाइलट कार्यक्रम सञ्चालन गर्न थप ४३ लाख ६० हजार डलर छुट्याइएको छ। साथै पुनर्स्थापनामुखी न्याय प्रणालीसम्बन्धी अनुसन्धानका लागि १ लाख ८० हजार डलर र दीर्घकालीन पुनःस्थापना तथा उपचार सहयोगका लागि छुट्टै ३३ लाख ५० हजार डलर लगानी गर्ने घोषणा गरिएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement