Advertisement
Advertisement
Advertisement
Advertisement

१५ वर्षमुनिका बालबालिकालाई श्रममा रोक लगाउन विपक्षी सांसदको संशोधन

  |      15:04:00   |  
web image
web image

असोज ९, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ मा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि प्रकारको श्रम वा रोजगारीमा लगाउन नहुने प्रस्तावसहित संशोधन दर्ता भएको छ।

सरकारले प्रस्ताव गरेको विधेयकमा १३ वर्ष उमेर पूरा गरेका बालबालिकालाई उनीहरूको शिक्षा र विकासमा असर नपर्ने गरी अभिभावक वा संरक्षकको सहमतिमा विद्यालय समयअघि, पछि वा बिदाको समयमा निश्चित प्रकारका हलुका काममा लगाउन सकिने व्यवस्था छ।

नेपाली कांग्रेसका सांसद रेखाकुमारी यादव, कालीबहादुर सहकारी, हरिनादेवी कामी र नीनुकुमारी कर्णले १५ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन पूर्ण रूपमा रोक लगाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन्। उनीहरूले विधेयकका सम्बन्धित दफा नै नयाँ ढंगले लेख्नुपर्ने प्रस्ताव गरेका छन्।

उनीहरूको संशोधनमा १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि प्रकारको श्रम वा रोजगारीमा लगाउन पूर्ण प्रतिबन्ध लगाउनुपर्ने उल्लेख छ। तर परिवार वा संरक्षित वातावरणमा उमेर र क्षमताअनुसार सामाजिक व्यवहार, सीप विकास तथा स्वावलम्बनका लागि गराइने सामान्य घरायसी वा सिकाइसम्बन्धी कामलाई बालश्रम नमान्ने प्रस्ताव गरिएको छ। यस्तो काम गर्दा बालबालिकाको स्वास्थ्य, सुरक्षा, शिक्षा, आराम र समग्र विकासमा असर नपर्ने सुनिश्चितता हुनुपर्ने उल्लेख छ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले पनि विधेयकमा रहेको १३ वर्षको उमेरसीमा परिवर्तन गरी १५ वर्ष कायम गर्नुपर्ने र १५ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नहुने प्रस्ताव गरेका छन्।

यस विधेयकमाथि सांसदहरूले कुल २० समूहमा १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। अब मूल विधेयक र दर्ता भएका संशोधन प्रस्तावलाई सँगै राखेर प्रतिनिधिसभामा छलफल अघि बढाइनेछ। विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement