Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रसंघमा उठाइएको नेपालको मुद्दालाई निरन्तरता दिनुपर्नेमा धितालको जोड

  |      14:07:00   |  
राष्ट्रसंघमा उठाइएको नेपालको मुद्दालाई निरन्तरता दिनुपर्नेमा धितालको जोड

असोज ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन, मानवीय संकट र विश्वव्यापी असन्तुलनका विषय उठाएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले नेपालले भोगिरहेको जलवायु संकट र त्यसबाट सिर्जित मानवीय समस्यालाई विश्वमञ्चमा पुर्‍याउने प्रयास भएको उल्लेख गरेकी छन्। जलवायु परिवर्तनले कुनै सीमा नमान्ने भन्दै उनले हिमनदी पग्लिने तथा बाढीपहिरोजस्ता विपद्ले नेपालमा पारिरहेको असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको बताएकी छन्।

धितालका अनुसार प्रधानमन्त्री शाहले नेपाललाई अन्तर्राष्ट्रिय मानवीय संस्था तथा विश्वभरका नागरिकले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुका साथै युद्ध र खाद्यान्न आपूर्तिबीच देखिएको असन्तुलनको विषयसमेत उठाएका थिए।

उनले अन्तर्राष्ट्रियस्तरमा हतियार तथा सैन्य सामग्री सहज रूपमा सीमापार गर्न सकिने अवस्था भए पनि आवश्यक समयमा नेपाली किसानले बजार मूल्यमा मल वा इन्धनसमेत किन्न नसक्ने अवस्थाप्रति प्रधानमन्त्रीले प्रश्न उठाएको उल्लेख गरेकी छन्।

धितालले नेपालको जलवायु संकटलाई मानवीय संकटसँगै विकासको संकटका रूपमा सम्बोधन गर्नुपर्ने बताएकी छन्। उनका अनुसार विश्वमञ्चमा नेपालको जलवायु तथा मानवीय संकटको आवाज पुर्‍याउने प्रारम्भिक काम भए पनि अब त्यसलाई कार्यान्वयनमा लैजान निरन्तर बैठक, छलफल र समन्वय आवश्यक छ।

धितालले प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनलाई सुरुवातका रूपमा लिनुपर्ने बताउँदै त्यसपछि पनि उठाइएका मुद्दालाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement