Advertisement
Advertisement
Advertisement
Advertisement

यू–१९ महिला विश्वकपको तयारी तीव्र, आईसीसी टोलीले त्रिवि र मूलपानी मैदान निरीक्षण गर्‍यो

  |      10:39:00   |  
यू–१९ महिला विश्वकपको तयारी तीव्र, आईसीसी टोलीले त्रिवि र मूलपानी मैदान निरीक्षण गर्‍यो
असोज १२, काठमाडौं । नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी यू–१९ महिला विश्वकप २०२७को तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नौ सदस्यीय टोलीले काठमाडौंका प्रमुख क्रिकेट मैदानको निरीक्षण गरेको छ।
आईसीसी प्रतिनिधि नितिसा कोठाइतको नेतृत्वमा आएको टोलीले आइतबार मूलपानीको माथिल्लो मैदान, तल्लो मूलपानी मैदान तथा त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा टोलीले मैदानको पिच र आउटफिल्डसँगै दर्शकको सुरक्षा, पार्किङ, मिडिया व्यवस्थापन, आइस बाथ, पानीको व्यवस्थापन तथा खेलाडी र टोलीका लागि आवश्यक सुविधाबारे जानकारी लिएको थियो।
विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आईसीसीले तोकेका मापदण्ड पूरा गर्नुपर्ने भएकाले मैदान तथा पूर्वाधारको अवस्थाबारे टोलीले विस्तृत जानकारी लिएको हो। विशेषगरी सुरक्षा व्यवस्थालाई टोलीले प्राथमिकताका साथ निरीक्षण गरेको क्यानका उपाध्यक्ष रोशन सिंहले बताएका छन्।
टोलीले खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक ब्रोडकास्ट संरचना, क्यामेरा तथा प्राविधिक उपकरण जडानका लागि आवश्यक पूर्वाधार र खेलको निष्पक्षता सुनिश्चित गर्न अपनाइने एन्टी करप्सनसम्बन्धी व्यवस्थाको समेत निरीक्षण गरेको छ।
नेपाल क्रिकेट संघ ९क्यान०ले विश्वकपका खेल त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदानमा सञ्चालन गर्ने तयारी गरेको छ। तल्लो मूलपानी मैदानलाई भने सहभागी टोलीको अभ्यासका लागि प्रयोग गर्ने प्रस्ताव गरिएको छ।
 
आईसीसीले प्रतियोगिताको खेल तालिका र नेपालले आयोजना गर्ने खेलको संख्या भने अझै निश्चित गरिसकेको छैन। निरीक्षणपछि आईसीसी टोलीले आवश्यक सुधार र व्यवस्थापनका विषयमा सुझाव तथा सिफारिस दिनेछ।
यू–१९ महिला विश्वकपमा आयोजक नेपाल र बंगलादेशसहित १६ टोली सहभागी हुनेछन्। अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले वरीयताका आधारमा स्थान पक्का गरिसकेका छन्। नाइजेरिया, सामोआ, यूएई र अमेरिका क्षेत्रीय विजेताका रूपमा छनोट भएका छन्।
नेपालमा पहिलोपटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको तयारीसँगै मैदान, सुरक्षा, प्रसारण र अन्य पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्ने काम अघि बढेको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement