Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वकप जिताएकी हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

  |      13:04:00   |  
विश्वकप जिताएकी हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

असोज २० , काठमाडौं । भारतकी महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले तीनै प्रारूपको कप्तानीबाट राजीनामा दिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत तत्काल लागू हुने गरी कप्तानी छाडेको घोषणा गरेकी हुन्।

३७ वर्षीया हरमनप्रीतले सन् २०१६ देखि भारतीय टी–२० टोलीको नेतृत्व गर्दै आएकी थिइन्। सन् २०२२ मा एकदिवसीय टोलीको पूर्णकालीन कप्तानी सम्हालेकी उनी त्यसपछि तीनै प्रारूपकी कप्तान बनेकी थिइन्। उनले भारतका लागि ५ टेस्ट, ५१ एकदिवसीय र १५५ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेकी छन्।

उनको कप्तानीमा भारतले गत वर्ष पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। हालै सम्पन्न एसियाली खेलकुदमा पनि भारतले लगातार दोस्रोपटक महिला क्रिकेटमा स्वर्ण पदक जित्दा हरमनप्रीत नै टोलीकी कप्तान थिइन्।

कप्तानी छाड्ने निर्णय सहज नभएको बताउँदै हरमनप्रीतले टोलीका लागि आफूले आफ्नो व्यक्तिगत प्रदर्शन, विकास र महत्वाकांक्षासमेत धेरैपटक पछाडि राखेको उल्लेख गरेकी छन्। उनले आफूले कप्तानका रूपमा आफ्नो जिम्मेवारी पूरा गरेको महसुस भएको बताएकी छन्।

तर, उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन्यास लिएकी होइनन्। हरमनप्रीतले तीनै प्रारूपमा भारतका लागि खेलिरहने स्पष्ट पारेकी छन्। “कप्तानी समाप्त भयो, यात्रा जारी छ,” भन्दै उनले अब खेलप्रतिको प्रेमका लागि पुनः खेल्न तयार रहेको बताएकी छन्।

हरमनप्रीतले कप्तानी छाडेपछि स्मृति मन्धाना नयाँ कप्तान बन्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। नयाँ कप्तानबारे अन्तिम निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले गर्नेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement