Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा एआईआईबीको लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

  |      10:18:00   |  
web image
web image
असोज १२, काठमाडौं । अर्थमन्त्री तथा एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० का लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्लेले नेपालमा बैंकको लगानी विस्तार तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा थप सहयोग गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन्।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष जोउबीच भएको भेटवार्तामा नेपालका विकास पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल भएको हो।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिपछि उत्थानशील पुनर्निर्माण, सहुलियतपूर्ण वित्तीय पहुँच तथा विकास आयोजनामा एआईआईबीको सहयोग विस्तार गर्न आग्रह गरेका थिए।
जवाफमा एआईआईबी अध्यक्ष जोउले भोटेकोसी बाढीबाट नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
अध्यक्ष जोउले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्डमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउन सकिने बताइन्। त्यस्तै, स्पेसलाइज्ड फन्ड विन्डोअन्तर्गत प्राप्त अनुदान प्रयोग गरेर नेपाललाई उपलब्ध गराइने एआईआईबी ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उनले राखिन्।
नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले आर्थिक विकासका क्षेत्रमा आगामी दिनमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष जोउले दोहोर्‍याइन्।
भेटका अवसरमा अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष जोउलाई बधाई दिँदै नेपालका विकास प्रयासमा एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले बैंकको लगानीमा सञ्चालन भइरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे।
त्यस्तै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीका कारण भएको क्षतिप्रति अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारको विकासमा एआईआईबीको आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गर्न आग्रह गरेका छन्।
भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमण गर्न औपचारिक निमन्त्रणासमेत दिएका छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement