Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीको पक्राउ प्रक्रियामाथि सांसद बरालको प्रश्न, ‘सुशासनको मापदण्ड के हो?’

  |      13:05:00   |  
प्रहरीको पक्राउ प्रक्रियामाथि सांसद बरालको प्रश्न, ‘सुशासनको मापदण्ड के हो?’
असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले प्रहरीले पछिल्लो समय अपनाएको पक्राउ प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले पक्राउको शैली, कानुनी प्रक्रिया र राज्यको जिम्मेवारीबारे प्रश्न उठाउँदै सरकारसँग स्पष्ट जवाफ मागेकी हुन्।
बरालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले निवासबाट नियन्त्रणमा लिएको घटनालाई समेत प्रसंगमा राख्दै सुरक्षा जोखिम देखाएर व्यक्तिलाई नै नियन्त्रणमा लिने अभ्यासबारे प्रश्न गरेकी छन्। प्रहरीले जबरालाई सुरक्षा जोखिम रहेको कारण नियन्त्रणमा लिएको बताएको थियो।
सांसद बरालले राज्यले नागरिकलाई सुरक्षा दिने हो कि सुरक्षा जोखिमका नाममा नियन्त्रणमा लिने हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताएकी छन्। उनले पक्राउ गर्दा प्रचलित कानुन र निर्धारित प्रक्रियाको पालना हुनुपर्नेमा जोड दिएकी छन्।
यसअघि जबरालाई रातको समयमा निवासबाट नियन्त्रणमा लिएपछि प्रहरीको कदमको कानुनी आधारबारे विभिन्न प्रश्न उठेका थिए। कानुन व्यवसायीहरूले समेत सुरक्षा खतरा भए सम्बन्धित व्यक्तिको सुरक्षा बढाउने वा खतरा उत्पन्न गर्ने पक्षको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
एमाले महासचिव शंकर पोखरेलले पनि जबराको नियन्त्रणप्रति आपत्ति जनाउँदै प्रमाण र आरोपबिना गरिएको पक्राउ प्रचलित कानुन तथा न्याय प्रणालीसँग सम्बन्धित गम्भीर विषय भएको बताएका छन्।
पक्राउ तथा नियन्त्रणका घटनामा कानुनी आधार, सुरक्षा जोखिम र प्रहरीको अधिकार क्षेत्रबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग उठिरहेको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement