जेठ ०७ काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुर गुहेश्वरी टोलमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्।
मङ्गलबार उक्त टोलस्थित सडकमा छटपटाइरहेकी उनले प्रहरीको सहयोगमा बिहान साढे १० बजेको समयमा बच्चा जन्माएकी हुन्।
प्रहरीका अनुसार सुरुमा स्थानीयले एक महिला सडकमा छटपटाइरहेको जानकारी गराएका थिए। यसपछि अस्थायी प्रहरी पोष्ट खैरानाबाट प्रहरी जवान चन्द्रिका कुमारी देउवा त्यहाँ पुगिन्।
उनकै सहयोगमा महिलालाई बच्चा जन्माएकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार महिलाले छोरा जन्माएकी छन्।
आमा-बच्चा दुबैलाई थप उपचारको लागि पद्मा अस्पताल अत्तरिया पठाइएको छ। अहिले आमा-बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको छ।