Advertisement
Advertisement
Advertisement
Advertisement

एमालेमा विद्यादेवी भण्डारीको नयाँ जिम्मेवारी, आज लिँदैछिन् शपथ

  |      15:01:00   |  
एमालेमा विद्यादेवी भण्डारीको नयाँ जिम्मेवारी, आज लिँदैछिन् शपथ

असोज २२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएकी छन्। एमालेले उनलाई पार्टी संरचनामा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।

असोज ८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। त्यसलाई पार्टीको पछिल्लो निर्णयमार्फत औपचारिकता दिइएको हो। वरिष्ठ नेताका रूपमा भण्डारीले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने अधिकार पाएकी छन्।

आज बिहीबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा बस्ने स्थायी कमिटी बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराउने कार्यक्रम तय भएको छ। त्यसपछि स्थायी कमिटीको बैठक सुरु हुनेछ।

११औँ महाधिवेशनपछि बस्न लागेको एमाले स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आगामी गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ। आगामी स्थानीय तहको निर्वाचनका तयारीबारे पनि छलफल हुने जनाइएको छ।

राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि सक्रिय पार्टी राजनीतिमा फर्किएकी भण्डारीलाई एमालेले वरिष्ठ तहको जिम्मेवारी दिएसँगै उनको राजनीतिक भूमिकालाई लिएर थप चासो बढेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement