Advertisement
Advertisement
Advertisement
Advertisement

ईशा सिंहको शानदार प्रदर्शन, २५ मिटर पेस्तोलमा भारतलाई रजत

  |      13:24:00   |  
web image
web image

असोज १२, काठमाडौं । भारतकी सुटिङ खेलाडी ईशा सिंहले २०२६ को एसियाली खेलकुदमा महिला २५ मिटर पेस्तोलको व्यक्तिगत स्पर्धामा रजत पदक जितेकी छन्। चीनकी सियाओ जियारुइक्सुआनले स्वर्ण पदक जित्दा ईशा दोस्रो स्थानमा रहिन्।

ईशा र सियाओले फाइनलमा समान ३८ हिट स्कोर गरेका थिए। स्वर्णका लागि भएको निर्णायक सुट–अफमा सियाओले ४ं३ को स्कोर निकालिन् भने ईशाले ४ं२ को स्कोर गर्दै रजतमा चित्त बुझाइन्।

ईशाका लागि फाइनल यात्रा सहज भने थिएन। तेस्रो स्थानका लागि दक्षिण कोरियाकी किम ह्योन–सुकसँग उनले तीन पटक सुट–अफ खेल्नुपरेको थियो। त्यसपछि स्वर्ण र रजतको टुंगो लगाउन सियाओसँग थप दुई सुट–अफ पार गरेकी थिइन्।

यसअघि हाङझाउमा भएको २०२३ को एसियाली खेलकुदमा ईशाले यही व्यक्तिगत स्पर्धामा रजत र टिम स्पर्धामा स्वर्ण जितेकी थिइन्। जारी प्रतियोगितामा भने महिला २५ मिटर पेस्तोलको टिम स्पर्धामा भारत पाँचौँ स्थानमा रहँदा व्यक्तिगत स्पर्धामा ईशाले पदक जितेर भारतको पदक संख्या थपेकी हुन्।

ईशाको रजतसँगै २८ सेप्टेम्बरसम्म एसियाली खेलकुदमा भारतको कुल पदक संख्या ३९ पुगेको छ। भारतले ४ स्वर्ण, १७ रजत र १८ कांस्य जितेको विवरण सार्वजनिक भएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement