Advertisement
Advertisement
Advertisement
Advertisement

एमाले राजनीतिमा विद्यादेवी भण्डारीको पुनरागमन

  |      15:52:00   |  
एमाले राजनीतिमा विद्यादेवी भण्डारीको पुनरागमन
असोज १३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटी बैठकले उनलाई ८८‘सम्मानित वरिष्ठ नेता’८८को जिम्मेवारी दिने निर्णय गरेको हो।
राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्षसमेत रहेकी भण्डारी २०७२ र २०७४ मा गरी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किने तयारीमा थिइन्।
रातोपाटीका अनुसार एमाले सचिवालय बैठकमा उपमहासचिव रघुवीर महासेठले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए, जसलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।
भण्डारीको पुनरागमनसँगै एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनबारे चर्चा बढेको छ। उनको वरीयता तय भएपछि रामबहादुर थापा ‘बादल’ यसअघि रहेको दोस्रो वरीयताबाट तेस्रोमा पुगेका छन्।
यता एमालेले पार्टीभित्रका असमझदारी अन्त्य गर्दै आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ। बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्तावसमेत राखेका छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement