माघ २७, काठमाडौं । यो वर्षको ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।
यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फेब्रुअरी १४(फागुन २ गते) चौधरीको विशेष कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो ।
‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । फागुन २ गते दिउँसो ३ः४५ बजेदेखि काठमाण्डौको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्य चौधरी पोखिनेछन् । भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै उल्लेख्य काम हो ।
एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यो दिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन् ।
सो कार्यक्रममा सहभागिताका लागि ९८१९१४०४९० मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ ।
बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो । उनले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर प्रेमिल कविताहरु प्रस्तुत गरेका थिए ।
नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् ।
चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हास्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् ।
बसन्तकुमार चौधरी वैशाख १०, काठमाडौं । नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज...
चैत १४, काठमाडौं ।आजकाल कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारको उपस्थिति उनीहरूले प्रदान...
फागुन ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै...
फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन्...
फागुन २, काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु...
माघ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला...
माघ २५, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अ...
माघ २०, काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा...
माघ १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक...