असोज ३०, काठमाडौं । के तपाईलाई पनि आफनो छाला उमेर भन्दा पहिले नै चाउरिएको अनुभव हुन्छ ? परिर्वतनसिल लाइफ स्टाइल त्यसमा पनि बिग्रदो वातावरण, प्रदुषण, तनाव निन्द्राको कमि केमीकलयुक्त स्किन उत्पादनले उमेरभन्दा पहिलेनै बुढो देखिन थाल्दछ । आफ्नो शरीरको छालालाई स्वस्थ बनाईराख्नका लागि आफ्नेै घरको किचेनबाट पनि धेरेै कुरा प्राप्त गर्न सकिन्छ । तर यसको उपयोगको लागि सहि तरिका जान्न आवश्यक छ । उक्त तरिकाले
मानिस सदबहार किशोर अवस्थाको जस्तो छाला हुन सक्छ।
उमेर घटाउने फेस प्याक
ग्रीनटी एउटा पावरफुल एन्टिअक्सिडेन्ट हो । आधा कप पानीमा २ चम्चा ग्रीनटी उमालेर छान्ने । त्यसपछि तातो पानी हालेर चिसो पार्ने । एलोभरा एउटा यस्तो मोस्चराइजर हो जस्ले छालाको सुन्दरता बढाइराख्दछ । एलोभेरामा रहेका एस्ट्रिजेन्ट स्किन टाइटनिङको काम गर्दछ । जस्ले छाला उमेर हुनुभन्दा पहिले बुढो हुँदैन् । एलोभेरा जेललाई अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसमा एलोभेराको फेस प्याक पनि मिलाउन सकिन्छ । जस्ले स्किनलाई स्वस्थ राख्दछ । एक चम्चा ओट्स र एक चम्चा दहिलाई एलोभेरासँग मिसाएर ३० मिनेटपछी धुनुपर्छ । यस्ल अनुहारको चमक देखाउँछ ।
फेसियल स्क्रबको प्रयोगले एक्सफोलिएसन स्क्नि सेल्सलाई हटाउँंछ र नयाँ सेल्स बनाउन मदत गर्दछ । यसका लागि तिललाई पिसेर महसँग मिसाउने । एसमा तुलसीको पात हालेर एक्सफोलिएसनको लागि बदाम पाउडर र दही पनि मिसाउन सकिन्छ । यो फेस प्याकलाई अनुहारमा लगाएर हलुका हातले मसाज गर्ने । यसपछि १५ मिनेटपछी सुकाउने र धुने । यस लगतै अनुहारमा चमक देखा पर्छ । जस्ले गर्दा मानिस उमेर भन्दा आगावै बुढो देखिनबाट बच्न सक्छ । यो प्रक्रिया नियमित गरेमा सुन्दरतामा निखार देखिनुका साथै यौवन अवस्था कायम रहन्छ ।
Share this with your friends: