पुस २३, काठमाडौं । मेकअप यस्तो कला हो जसले महिलाहरूको सुन्दरतामा निखार ल्याउँछ । समयको गतिसँगै मेकअप गर्ने विधिमा पनि परिवर्तन आइसकेको छ । बजारमा पनि मेकअपका फरक–फरक अवधारणाअनुसार विभिन्न प्रकारका प्रसाधन भित्रिएका छन् ।
जाडो मौसममा छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । छाला मेन्टेन भएपछि मोइस्चराइजर मेन्टेन गर्नुपर्छ । मोइस्चराइजर लगाउनुअघि कन्सिलर लगाउन सकिन्छ । छाला तैलीय छ भने ओइल फ्रि मोइस्चराइजर अनि छाला सुख्खा छ भने सामान्य मोइस्चराइजर प्रयोग गर्नुपर्छ । छाला सुख्खा तथा मृतकोषहरू सक्रिय हुने भएकाले जाडो मौसममा अल्कोहलरहित स्किन रिप्रेसर प्रयोग गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । बढी ओइली भएर स्किन पोर्च भएको अनुहारमा मेकअप प्राइमर प्रयोग गर्नु उत्तम हुन्छ।
साधारण समारोहका लागि मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुपर्छ । अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ । नर्मल डेमा मेकअप गर्दा स्किन केयर मोइस्चराइजर, बीबी क्रिम तथा सिन्टेड मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ । जाडोमा पाउडर नलगाए पनि हुन्छ । हेबी मेकअप गर्ने हो भने फाउन्डेसनमै वाटर वेट अर्थात् वेल बेस फाउन्डेसन प्रयोग गर्न सकिन्छ । यस्तो फाउन्डेसनमा हाइ कभरेज हुन्छ र मोइस्चराइजर लेबल मेन्टेन हुन्छ ।
आइब्रो करेक्सनमा लाइट ब्राउन, ग्रे, डार्क ब्राउन कलर प्रयोग गर्न सकिन्छ । एंगुलर ब्रसले आइब्रो करेक्सन गर्नुपर्छ । आइमेकअपका लागि क्रिमी आइस्याडोको लाइट साइन आइस्याडो प्रयोग गर्नुका साथै त्यसको रंगमा लाइट पिंक, गोल्डेन, ब्रन्ज, कपर, ब्राउन, लाइट पर्पल उपयुक्त हुन्छ । आइलाइनरमा लिक्विड जेलमा स्केच लाइनर प्रयोग गरेर भोलुमाइज मस्कारा लगाउनुपर्छ । आइब्रो हाइलाइट गरेर ब्ल्याक वा ब्राउन गाजल लगाउनुका साथै आँखाको मेकअपपछि ब्रोन्जिङ र ब्लस लगाउन सकिन्छ । ब्रोन्जिङमा हल्का म्याटमा छालाभन्दा दुई सेप डार्क कलर गर्नुपर्छ । ब्लसमा क्रिमी वा म्याटमा प्रयोग गर्न सकिन्छ । यो मौसममा लाइट पिंक, पिच ब्लस प्रयोग गरेर ओठमा लिपिस्टिक लगाई ग्लस प्रयोग गर्नुपर्छ । एवंम प्रकारले जाडोमा मेकअप गर्ने हो भने आकर्षक लुक्स मेन्टेन गर्न सकिन्छ ।
व्युटीसियन सोनु श्रेष्ठ
आयना व्युटी पार्लर, नयाँ बानेश्वर