Advertisement
Advertisement
Advertisement
Advertisement

चिसो मौसममा सुन्दर रहन सकिने यस्ता छन् घरेलु टिप्स

  |      15:42:00   |  
व्युटिसियन :  रुपा बास्तोला
व्युटिसियन : रुपा बास्तोला
पुस १६, काठमाडौं । जाडो याममा स्वस्थ र फुर्तिलो रहन र आफ्नो सौन्दर्य जोगाउन सक्नु एकदमै चुनौतिको विषय हो । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने चिसो हावा र लगातारको जाडोले बिमारी बनाउन सक्छ । जाडोले हुने यस्ता समस्याले काममा दख्खल पुर्याउनुका साथै स्वास्थ्य समेत कमजोर बनाउने गर्दछ । स्वास्थ्य कमजोर भएपछि सौन्दर्यतामा ह्रास आउनु स्वाभाविक हो । यस्कारण कसरी हुन्छ चिसोबाट जोगिएर आफ्नो सौन्दर्य कायम राख्नका लागि घरेलु टिप्स सबैका लागि हितकार हुन्छन् ।
 
अहिले नेपालको भूगोल नै चिसिएको छ । यस्तो अवस्थामा तपाई हामी जो कोहि पनि कुनै न कुनै रुपमा जाडोबाट प्रभावित हुन सक्छौं । यस्तो अवस्थामा कसरी चिसोबाट जोगिने भन्ने चिन्ता सबैलाई हुन्छ । चिसो मौसमा स्वस्थ र सुन्दर रहनका लागि कस्ता घरेलु उपाय अपनाउन सकिन्छ भन्ने विषयमा नेप्लिज वुमनले सौन्दर्य व्यवसायी रुपा बास्तोलासँग गरिएको कुराकानीमा आधारित प्रस्तुत टिप्सहरु यस प्रकार छन् । जसले तपाइँलाई चिसो मौसमबाट हुने सम्स्याबाट छुटकारा पाउँन मद्दत गर्नेछ । 
 
  •  प्राय जसो मानिसले आफूलाई न्यानो राख्न कफि र चियाको सहारा लिने गर्छन । तर त्यस्ता क्याफिनेटेड पेय पर्दाथले तपाइलाई मदत भन्दा पनि हानी पुप्याइरहेको हुन्छ । यसको साटो बेसार मिश्रित दुधको सेवन गर्न सकिन्छ । दैनिक रुपमा बेसार मिश्रित दुधको सेवनले चिसोबाट हुने रुघाखोकि र फ्लुबाट समेत जोगाउन सहयोग गर्दछ । यसलाइ अझै प्रभावकारी बनाउन यसमा ल्वाङ र सुकमेलको धुलो मिसाउन सकिन्छ । 

 

  • तोरी अथता र्ससियुको तेलले मसाज गर्दा पनि जिउलाई न्यानो बनाउन, चिसोसँग लड्न र छालालाई चम्किलो र मुलायम बनाउन सकिन्छ । स्नान गनुपूर्व वा सुत्नुअघि यस्तो मसा गर्न सकिन्छ । मसाजले मष्तिष्कलाई शान्त, तनावमुक्त र मिठो निन्द्रा सुत्न समेत  मद्दत गर्दछ । 
 
  • जाडो मौसममा कपाल सुख्खा, कमजोर, र घुर्मिलो हुुनु सामान्य हो । चिसो हावाले कपालमा रहेको तेलिय पदार्थलाई हटाइदिन्छ र कपाललाई सुख्खा र उजाड बनाइदिन्छ । त्यसैले कपाललाई बलियो र चम्किलो बनाउन नरिवलको तेलले कपाल मसाज गर्नुपर्दछ । 
 
  •  गर्मी मौसमको तुलनामा जाडोयाममा हाम्रो पाचन प्रक्रिया कमजोर हुने गर्दछ । त्यसैले सके सम्म जाडोयाममा चिसो खानाबाट बच्ने कोशिस गर्नुपर्दछ । किनकी चिसो खानेकुरा पचाउन हाम्रो पाचन प्रक्रियाले बढि मेहनत गर्नुपर्ने हुन्छ । जसले अपच हुने समस्या र पेटसँग सम्बन्धी अन्य जटिलताहरु निम्त्याउन सक्छ । त्यसैले स्वस्थ रहनलाई तातो र सजिलै पच्ने खानेकुरा खानुुपर्दछ । 
 
  •  जाडोयाममा स्वस्थ रहनको लागि सक्रिय राख्नु अर्काे महत्वपूर्ण पक्ष हो । बिहान सबेरै उठेर मर्निङ वाकमा जानुु अलि गाह्रो काम भएपनि स्वस्थ राख्न यो गर्नुुअनिर्वाय छ । यदि बिहानै उठेर मर्निङ वाक जान सकिदैन भने घरमै योग गर्न सकिन्छ । जुनसुकै एक्सरसाइज गरेपनि मुख्य कुरा भनेको आफुलाई सक्रिय राख्नु नै हो। 
 
  • चिसो मौसमाम शरीरको छाला एकदमै सुख्खा हुने भएकोले छाला चाउरी पर्ने, अनेक किसिमका खटिरा आउने र रगत समेत बग्न सक्ने समस्या देखापर्छन् । यस्तो बेलामा पनि हामीले घरेलु उपाय अपानाउन सके हाम्रो सौन्दर्यमा ह्रास आउँदैन् । यस्का लागि छालालाई मुलायम राख्नका लागि आफूलाई म्याच हुने तेलले मसाज गर्न सकिन्छ । छाला चर्केको ठाउँमा मोस्चराइजरले पनि मसाज गर्न सकिन्छ । हामी आफैले घरमा पनि मोस्चराइजर तयार गर्न सकिन्छ ।  
 
व्युटीसियन :  रुपा बास्तोला
लेडि केयर व्युटी क्लिनिक संगीत चोक रातोघर, इटहरी ,सुनसरी       

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement