पुस २, काठमाडौं । सुर्खेतकी मञ्जु थापा ‘ब्युटिसियन नेपाल २०२१ ’ घोषित भएकी छन् । हिमालयन मुभिजको आयोजनामा म्युजिक सिटी स्टुडियो ललितपुरमा सम्पन्न प्रतियोगितामा उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधि पनि हात पारेकी छन् ।
ब्युटिसियन पेशामा रहेकाको सौदर्य र प्रतिभा निखार्ने उदेश्यले बिगत ७ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा तविता राईले फस्ट रनरअप र मोस्ट कन्फिडेन्टको उपाधि हात पर्दा भूमिका शाह सेकेन्ड रनर अप एवं बेस्ट ट्यालेन्ट बनिन् ।
दुई दर्जनबाट छानिएका उत्कृष्ट १० प्रतियोगी बीच अन्तिम स्पर्धा भएको थियो । व्यक्तित्व विकास, स्टेजकोप्रस्तुति, क्याटवाक, बोलीचाली अभ्यास, फोटोसुट, भिडियो सुट तथा विविध प्रशिक्षण सहित प्रतियोगी फाइनल स्पर्धामा उत्रिएका थिए ।
बिभिन्न आधा दर्जन उप शिर्षकमा विजेता समेत छानिएको प्रतियोगीताको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं कार्यक्रम निर्देशक हिमानी सुब्बाले गरेकी थिइन् । अभिनेत्री सञ्चिता लुइटेल, नृत्य निर्देशक गोविन्द राई, कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा। रेखा थापा, मिसेस नेपाल आइडल २०१९ शोभिता राई एवं ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर प्रतियोगिताको निर्णायकमा रहेका थिए ।