Advertisement
Advertisement
Advertisement
Advertisement

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले जितिन् ‘मिस वर्ल्ड २०२६’ को उपाधि

  |      12:53:00   |  
web image
web image

भदौ २१, काठमाडौं । डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। भियतनाममा शनिबार राति सम्पन्न फिनालेमा १११ देशका सुन्दरीलाई पछि पार्दै २४ वर्षीया मोलाले विश्व सुन्दरीको ताज पहिरिएकी हुन्।

मोलाका लागि यो उपाधि डोमिनिकन रिपब्लिकको दोस्रो ‘मिस वर्ल्ड’ ताज हो। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले उक्त देशका लागि पहिलोपटक मिस वर्ल्डको उपाधि जितेकी थिइन्।

भियतनामको न्हा ट्राङमा आयोजित फिनालेमा स्पेनकी एलिजाबेथ रेयनेस पहिलो रनरअप बनिन् भने मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप घोषित भइन्।

मोलाको सामाजिक अभियानले पनि प्रतियोगितामा विशेष चर्चा पाएको थियो। उनले कमजोर तथा सुविधाबाट वञ्चित समुदायका बालबालिका र युवालाई अंग्रेजी भाषा शिक्षा प्रदान गर्ने  ‘भोलिका आवाजहरू’ परियोजना सञ्चालन गर्दै आएकी छन्। उनी शिक्षिका, पत्रकार तथा सामाजिक अभियन्तासमेत हुन्।

मोलाले व्यवसाय व्यवस्थापन तथा प्रशासनमा अध्ययन गरेकी छन्। उनी साहित्य तथा सामाजिक अध्ययन विषय अंग्रेजी माध्यमबाट अध्यापनसमेत गर्दै आएकी छन्।

यस वर्षको प्रतियोगिता पहिलोपटक भियतनाममा आयोजना भएको थियो। फिनालेपछि सन् २०२७ को मिस वर्ल्ड प्रतियोगिता तान्जानियामा आयोजना हुने घोषणा गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement