असोज २३ , काठमाडौं । थाइल्यान्डमा आयोजना हुने ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ तथा ‘मिसेस क्लासिक एसिया इन्टरनेसनल २०२६’ प्रतियोगितामा तीन नेपाली महिलाले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
प्रतियोगितामा सहभागी हुन लागेका सुमित्रा श्रेष्ठ, कल्पना प्रसाईं र गंगा न्यौपाने राउत अक्टोबर १२ मा थाइल्यान्डको खोन केन प्रस्थान गर्ने तयारीमा छन्। प्रतियोगिता अक्टोबर १२ देखि १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
४७ वर्षीया सुमित्रा श्रेष्ठ ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ की विजेता हुन्। गायिका तथा व्यवसायीसमेत रहेकी उनी ‘मिसेस क्लासिक एसिया इन्टरनेसनल’ प्रतियोगितामा सहभागी हुनेछिन्।
त्यस्तै, ४३ वर्षीया कल्पना प्रसाईं ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ की प्रथम उपविजेता हुन्। सामाजिक अभियन्ताका रूपमा सक्रिय उनले ‘मिसेस एसिया इन्टरनेसनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
तेस्रो प्रतिनिधि ४८ वर्षीया गंगा न्यौपाने राउत हुन्। उनी उक्त राष्ट्रिय प्रतियोगितामा तृतीय उपविजेता बनेकी थिइन्। हाल कानुन विषयमा स्नातक तह ९एलएलबी० अध्ययनरत राउतले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्रतियोगिताका लागि तीनै जनाले व्यक्तित्व विकास, मञ्च प्रस्तुति, नृत्य, शृङ्गार, पहिरन तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी प्रशिक्षण पूरा गरेका छन्।
सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई नेतृत्व क्षमता, सामाजिक चेतना, व्यक्तिगत उपलब्धि र सांस्कृतिक आदानप्रदानलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत नेपाली कला, संस्कृति र महिलाको क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको