Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाडौंमा मिस युनिभर्स नेपाल २०२६ को ग्रान्ड अडिसन सम्पन्न

  |      14:16:00   |  
web image
web image
साउन २२ , काठमाडौं । दिपल प्रस्तुतमिस युनिभर्स नेपाल २०२६ को काठमाण्डौमा ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशव्यापी छनोट प्रक्रियामार्फतनेपालका विभिन्न क्षेत्रबाट आएका कुल ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गर्दै नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका लागि प्रतिस्पर्धा गरेका छन्। 
यी ६५ प्रतिस्पर्धीमध्ये२५ जना अर्को चरणका लागि छनोट हुनेछन्। उक्त प्रतियोगिता ग्लोबल ग्ल्यामर भेन्चर प्रालिद्वारा आयोजना गरिएको हो भने दिपल यस प्रतियोगिताको शीर्ष प्रायोजक रहेको छ।
यस वर्षको प्रतियोगिताको मूल नाराः ‘Perfect As You Are’ ले प्रतिस्पर्धीहरूलाई कुनै निश्चित सौन्दर्यको परिभाषामा आफूलाई सीमित नगरी आफ्नै मौलिक पहिचान र व्यक्तित्वलाई आत्मसात् गर्न प्रेरित गर्दछ। देशका विभिन्न स्थानबाट काठमाण्डौ आएका सहभागीहरूले आज निर्णायक मण्डलसमक्ष आफ्नो आत्मविश्वास, व्यक्तित्वर प्रस्तुतिकरण क्षमता प्रदर्शन गरेका थिए।
यस अवसरमा बोल्दै दिपलका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलमा हामी विलासितालाई केवल बाहिरी सुन्दरताका रूपमा हेर्दैनौँ। आफूजस्तो हुनुहुन्छ, त्यहीरूपमा आत्मविश्वासका साथअघि बढ्नु नै हाम्रो लागि वास्तविक सुन्दरता हो। ‘एभचाभअत ब्क थ्यग ब्चभ’ ले पनि यही सोचलाई प्रस्तुत गर्छ। मिस युनिभर्स नेपालसँगको हाम्रो साझेदारीमार्फत यो सन्देश अझ धेरै मानिससम्म पुर्‍याउन पाउँदा हामी खुसी र गर्वित छौँ।’
त्यसैगरी, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले भनिन्, ‘मिस युनिभर्स नेपालको सबैभन्दा विशेष पक्ष भनेको यसले सहभागी युवतीहरूमा ल्याउने सकारात्मक परिवर्तन हो। यस मञ्चले उनीहरूलाई आफ्नो प्रतिभा देखाउने र आफ्ना विचार व्यक्तगर्ने अवसर दिन्छ। प्रतियोगितापछि पनि धेरै सहभागीहरूले विभिन्न क्षेत्रमा सफल करियर निर्माण गर्दै यही आत्मविश्वासलाई साथ मालिएर अघि बढिरहेका छन्। मेरो दृष्टिमायही नै यस मञ्चको वास्तविकमूल्य हो।’
काठमाण्डौ अडिसन सम्पन्न भएसँगै अब आयोजकहरूले आगामी केही दिनभित्र सहभागीहरूको मूल्याङ्कन गरी अर्को चरणका लागि अन्तिम छनोट प्रक्रिया अघि बढाउनेछन्।
प्रतियोगिता अगाडि बढ्दै जाँदा आफ्नो सहरको प्रतिनिधित्व गर्दै राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धागर्ने अवसर कसले पाउँछन् भन्ने विषय सबैको चासोको केन्द्र बन्नेछ। अन्ततः विजेताले विश्वकै प्रतिष्ठित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement