Advertisement
Advertisement
Advertisement
Advertisement

भोटेकोशी–त्रिशूली बाढीको वास्तविक कारण खोज्न वैज्ञानिक अध्ययनको माग

  |      12:43:00   |  
भोटेकोशी–त्रिशूली बाढीको वास्तविक कारण खोज्न वैज्ञानिक अध्ययनको माग

असोज २० , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरिता लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको कारणबारे गम्भीर वैज्ञानिक अध्ययन गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी विशेष संसदीय समितिको बैठकमा उनले यस्तो माग गरेकी हुन्।

सांसद लामाले बाढीपछि प्रभावित क्षेत्रमा देखिएको असामान्य रासायनिक गन्ध तथा माटो–बालुवाभन्दा फरक धुलोजस्तो पदार्थबारे वैज्ञानिक परीक्षण गर्नुपर्ने बताइन्। उनका अनुसार विपद्को वास्तविक कारण र त्यसमा जलवायु परिवर्तनको भूमिकाबारे तथ्यमा आधारित अध्ययन आवश्यक छ।

उनले बाढी तथा पहिरोबाट विस्थापित समुदायलाई सुरक्षित स्थानमा तत्काल पुनर्स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। प्रभावित बस्तीको पहिचान र मौलिक थातथलोको संरक्षण हुने गरी दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

लामाले धादिङ, गोरखा र नुवाकोट जोड्ने फुर्केखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न तथा टिप्लिङ–साङ्कोस–सोमदाङ सडकलाई दिगो रूपमा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा तयार राख्न माग गरिन्।

विपद्मा अभिभावक गुमाएका बालबालिका तथा सहारा गुमाएका ज्येष्ठ नागरिकका लागि दीर्घकालीन संरक्षण र पुनर्वासको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिइन्। बौद्ध समुदायका मृतक परिवारलाई परम्पराअनुसार ४९ दिनभित्र आवश्यक संस्कार गर्न स्थानीय तह र लामागुरुको समन्वयमा सामूहिक व्यवस्था मिलाउनुपर्ने उनको माग छ।

सांसद लामाले पूर्वाधार निर्माण गर्दा प्राविधिक तथा वैज्ञानिक आधारलाई अनिवार्य बनाउनुपर्ने बताउँदै स्थानीय दबाबका आधारमा सडक, पुल तथा ठूला संरचना निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखिन्। विपद्को जोखिम मूल्यांकन र प्राविधिक अध्ययनलाई विकास निर्माणको आधार बनाउनुपर्ने उनको भनाइ छ।

सरकारले यसअघि नै भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि सात सदस्यीय विज्ञ समिति गठन गरिसकेको छ। समितिलाई बाढीको वास्तविक कारण, जलवायु परिवर्तनको भूमिका र भविष्यमा यस्ता विपद्को जोखिम घटाउने उपायबारे अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement