Advertisement
Advertisement
Advertisement
Advertisement

विपद् पुनर्निर्माणसँगै जलवायु उत्थानशीलतामा जोड, मन्त्री चौधरीको विश्व वन्यजन्तु कोषसँग छलफल

  |      14:22:00   |  
विपद् पुनर्निर्माणसँगै जलवायु उत्थानशीलतामा जोड, मन्त्री चौधरीको विश्व वन्यजन्तु कोषसँग छलफल

असोज २० , काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधिबीच नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण र जलवायु उत्थानशीलताका विषयमा छलफल भएको छ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। कोषका प्रमुख कार्यकारी अधिकृत लोराले विपद्को समयमा नेपाली जनता तथा सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री चौधरीले बाढीका कारण कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे जानकारी गराउँदै पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलतालाई प्राथमिकता दिनुपर्ने बताइन्।

छलफलमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, जंगली हात्तीको समस्या तथा ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।

बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे समेत छलफल भएको छ।

विश्व वन्यजन्तु कोषले पाकिस्तानमा सन् २०२२ को बाढीपछि सञ्चालन गरिएका सिमसार पुनःस्थापना, प्रकृतिमा आधारित उत्थानशीलता तथा समुदाय संरक्षणका अनुभव नेपालमा पनि स्थानीय आवश्यकताअनुसार प्रयोग गर्न सकिने जनाएको छ।

मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि जीईएफ–९ लगायत अन्तर्राष्ट्रिय वातावरणीय तथा जलवायु वित्त परिचालन गर्ने सम्भावनाबारे समेत छलफल भएको छ। दुवै पक्षले प्रकृति संरक्षण, समुदायको उत्थानशीलता र दिगो आर्थिक विकासलाई जोडेर आगामी सहकार्यलाई थप परिणाममुखी बनाउने सहमति गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement