Advertisement
Advertisement
Advertisement
Advertisement

केन्यामा पहिलोपटक इबोला संक्रमण पुष्टि, संक्रमितको मृत्यु

  |      15:31:00   |  
केन्यामा पहिलोपटक इबोला संक्रमण पुष्टि, संक्रमितको मृत्यु

असोज २० , काठमाडौं । केन्यामा पहिलोपटक इबोला संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्री एडेन डुआलेका अनुसार प्रजातान्त्रिक गणतन्त्र कंगो ९डीआर कंगो० मा पछिल्ला सात वर्षदेखि बस्दै आएका एक केन्याली नागरिकमा इबोला संक्रमण पुष्टि भएको हो।

एक महिनाअघि बिरामी परेका ती व्यक्ति डीआर कंगोका विभिन्न अस्पतालमा उपचार गराएका थिए। त्यसपछि उनी सडकमार्फत युगान्डाको राजधानी कम्पाला पुगेका थिए र त्यहाँबाट शनिबार विमानमार्फत केन्याको राजधानी नैरोबी आएका थिए।

नैरोबी विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि आफन्तले उनलाई अस्पताल लगेका थिए। पछि उनलाई कोभिड–१९ महामारीका बेला निर्माण गरिएको आइसोलेसन केन्द्रमा सारिएको थियो। उपचारका क्रममा उनलाई ज्वरो, चिसो लाग्ने, अत्यधिक थकान तथा कमजोरी, निल्दा दुख्ने, मांसपेशी दुख्ने र छालामुनि रक्तस्राव हुनेजस्ता लक्षण देखिएका थिए।

लक्षण र यात्राको इतिहासका आधारमा चिकित्सकले भाइरल हेमोरेजिक ज्वरोको आशंका गर्दै नमुना परीक्षण गरेका थिए। परीक्षणमा बुन्डिबुग्यो प्रजातिको इबोला भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्री डुआलेले जानकारी दिएका छन्। संक्रमितको सोमबार राति  मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले संक्रमितसँग सम्पर्कमा आएका परिवारका सदस्य तथा स्वास्थ्यकर्मीसहित कम्तीमा २८ जनाको पहिचान गरेका छन्। साथै उनीसँग एउटै विमानमा यात्रा गरेका थप २३ यात्रु र चार चालक दलका सदस्यको खोजी तथा निगरानी भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार बुन्डिबुग्यो प्रजातिको इबोला भाइरस देखिएयता हालसम्म ८ हजार ४६३ संक्रमणमध्ये ४ हजार ८२ जनाको मृत्यु भएको छ। यो प्रजाति अत्यधिक संक्रामक मानिन्छ।

बुन्डिबुग्यो प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा उपचार उपलब्ध छैन। डीआर कंगोमा यस वर्ष इबोलाका कारण ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ। युगान्डामा पनि संक्रमण देखिएपछि दुई जनाको मृत्यु भएको थियो, तर विश्व स्वास्थ्य संगठनले अगस्टमा युगान्डालाई इबोलामुक्त घोषणा गरेको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement