Advertisement
Advertisement
Advertisement
Advertisement

अहिलेको पुस्ताकी चर्चित मेकअप आर्टिस्ट तथा फेसन डिजाइनर रेसु ढकालको व्यवसायीक अनुभव
भन्छिन, 'मेकअप तथा पहिरनले व्यक्तित्व निखार्छ'

  |      21:06:00   |  
अहिलेको पुस्ताकी चर्चित मेकअप आर्टिस्ट तथा फेसन डिजाइनर रेसु ढकालको व्यवसायीक अनुभव
जेठ ३०, काठमाडौं । अहिलेको पुस्ताकी लोकप्रिय डिजाइनर तथा मेकअप आर्टिस्ट रेसु ढकाल नेपाली फेसन तथा मेकअप बजारको निकैै चर्चित नाम हो । अहिलेकी पुस्ताकी उदयमान मेकअप आर्टिस्ट तथा डिजाइनर हुन् ढकाल । कर्ममा अत्यन्तै विश्वास गर्ने ढकाल कोरोना महामारीमा समेत आफ्नो कामलाई प्राथमिकता दिएर माग बमोजिमका पहिरन डिजाइन गर्न र मौसम सुहाउँदो मेकअप गर्न सक्ने प्रतिभा भएकी सफल डिजाइनर तथा मेकअप आर्टिस्टको रुपमा परिचित भिएकी छिन् । कोरोना महामारीको अवस्थामा पनि  स्वास्थ्य सावधानीका सम्पूर्ण उपायहरु अपनाएर भएपनि सेवा विस्तार गर्न सक्ने कुशल तथा मेहनती ढकाल व्यवसायीक रुपमा पनि सफल व्यक्तित्व हुन् । विशाल बजारस्थित इगल आइज फेसन हाउँसमा दिदि राधिका ढकालसँग काम गर्दै आइरहेकी ढकाल लकडाउनको बेलामा अनलाइनबाट आएका अर्डर अनुसारका पहिरन डिजाइन गर्ने र ग्रहाकले अनुरोध गरे अनुसार स्थलमै गएर आफ्नो व्यवसायीक तालिका अनुसार व्यस्त भइरहेकी छिन् । 
 
पहिरन र मेकअपका विषयमा ढकालको आफ्नै मत छ । उनी भन्छिन्, ‘ मेकअप तथा पहिरनले व्यक्तित्व निखार्छ । आफ्नो श्रृगार र पहिरनलाई  व्यवस्थापन गरेर हिड्ने सक्ने महिला होस वा पुरुष हेर्दा स्मार्ट देखिनु नौंलो कुरा हैन, बरु आफ्नो व्यक्तित्वमा कत्तिको सचेत छ भन्ने कुरा पनि देखाउँछ । अहिलेको आधुनिक मानिसमा पहिरन र मेकअपको चेतना हुनु भनेको सामान्य हो । यसकारण अनिवार्य रुपमा अहिलेको पुस्ताले मेकअप तथा पहिरनमा ध्यान दिनै पर्छ भन्छु म ।’
 
पहिरन र मेकअप आर्टिष्ट ढकालको अनुभव
व्यक्तित्व नै आज मानिसको पहिलो पहिचान जस्तो बनेको छ । जस्तै कोहि महिला वा पुरुषले पहिरन मिलाएर लगाएको छ भने र श्रृगार पनि आकर्षक हिसाबले गरेको छ भने त्यो व्यक्ति सबैको नजरमा पर्छ । भित्रि आवरण जति नै सुन्दर भएपनि बाहिरी आवरण खराब बनाएर हिडेको महिला वा पुरुषलाई आजको आधुनिक समाजले अल्छि र शिक्षा भएर पनि ज्ञान नभएको संज्ञा दिन्छ । यसको मतलब भित्रि आवरण मात्र हैन बाहिरी आवरण पनि उत्तिकै आकर्षक हुनुलाई सचेत ठानिन्छ । यसकारण, आफूसँग भएको पहिरन तथा आफ्नो क्षमताले व्यवस्थापन गर्न सक्ने पहिरन तथा मेकअपमा ध्यान दिनलाई धेरै केहि सोचिरहनु नपर्ने कुरा ढकाल व्यक्त गर्छिन् । उनी यसैलाई जोड्दै भन्छिन् ‘पछिल्लो समय यसैको प्रभावले भन्नुपर्छ नेपालमा फेसन डिजाइन तथा मेकअप आर्टिस्टको रुपमा अहिलेको पुस्ता आकर्षित छ । यो क्षेत्रमा उदाहरणिय काम गरेर आर्थिक र बौद्धिक रुपमा नै आफूलाई अव्वल सावित गर्ने युवायुवतीको जमात पनि बढ्दै गएको छ। यसको मतलव आर्थिक रुपमा पनि यहि क्षेत्रमा व्यवसायीक रुपमा पनि स्थापित हुन सकिन्छ ।’ 
 
डिजाइनर तथा  मेकअप आर्टिस्ट ढकालले आफू काम गरिरहेको क्षेत्रमा सानै उमेरदेखि काम गरिरहेकी छिन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्रहाकहरु लगायत विशेष समारोहमा उपस्थित व्यक्तित्वहरुका लागि पहिरन डिजाइन गर्ने र मेकअप गरिदिने कार्य गरिसकेकी छिन् । उपत्यकामा हुने विशेष समारोह तथा कार्यक्रमा आफ्नो प्रतिभा उजागर गर्न सफल फेसन डिजाइनर तथा मेकअप आर्टिष्ट ढकालले गत सालको नेपाल आइडलका प्रतियोगिहरुका लागि पनि पहिरन डिजाइन गर्ने अवसर पाएकी थिइन् । यस्तै उनले नेपालका विभन्न कलाकार तथा व्यक्तित्वहरुका लागि विषेश पहिरन डिजाइन गर्ने र मेकअप गरिदिने मौका पाएको उनले बताइन् । अहिलेकी पुस्ताकी लोकप्रिय तथा मेहनती मेकेअप आर्टिस्ट तथा डिजाइनर ढकालले युवापुस्ताको लागि टे«न्ड सेटरको रुपमा आफनो परिचय बनाइसकी छिन् भन्दा फरक पर्दैन् । मौसम सुँहाउदो र अवस्था अनुसार मेकअप गर्ने छोटो टिप्स दिँदै उनी भन्छिन्, ‘शारीरिक लुक्स र स्किन कलरलाई ध्यानदिएर र मेकअप गर्ने स्वयमले आफ्नो अनुकुलता तथा आफूलाई सुट गर्ने मेकअप गर्नुपर्छ । यस्तै पहिरन छनोट गर्दा आफूलाई सहजता हुने अर्थात क्यारी गर्न सक्ने र कलर टोनलाई ध्यान दिनुपर्छ । यसका साथै मौसम सुँहाउदो त हुनु पर्छ नै साथै कुन पहिरन आफूलाई म्याच गर्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ ।’ 
 
रेसु ढकालको मेकअप आइडिया 
सिम्पल मेकअप
सिम्पल मेकअप गर्दा सुरुमा किल्निजिङ तथा टिस्यु पेपरले राम्ररी मुख सफा गरेर पुछ्ने । यसपछि मोस्चराइजर तथा सन्क्रिम, सनब्लक लगाउने । यदि अनुहारमा विभिन्न प्रकारका खटिरा तथा काला स्पट छन् भने स्वास्थ्यकर्मिको सल्लाह बमोजिमको उपचार गर्न सल्लाह दिन्छिन् । अन्यथा मेकअप गरेर यस्ता अनावस्यक कुराहरुलाई छोपेर हिड्न पनि सकिन्छ । तर यो दिर्घकालिन हुँदैन् । यसकासाथै घरेलु धेरै उपायहरु छन् त्यतातिर पनि ध्यान दिन सकिन्छ । अगाडी मैले सिम्पल मेकअपको बारेमा भनेझैं सिम्पल मेकअप गर्दा लुक्स राम्रो हुन्छ । जस्तो सिम्पल मेकअपमा चाहि आइलाइनर तथा गाजल, लिपिस्टिक लगाउने हो भने अनुहारमा धेरै फरक आउछ । आकर्षक लुक्स देखिन्छ । यो मेकअप दैनिक कामकाजी महिलाहरुका लागि तथा सामान्य अवस्थामा पनि गर्न सकिने भएकाले सबैभन्दा लोकप्रिय र सजिलो छ । 
 
हेबी मेकअप
यो मेकअप विशेष पार्टी समारोह, विवाह, ब्रतबन्ध लगातमा गरिने मेकअप हो । सामान्य भन्दा अलिक हेबी नै हुन्छ । हेबी मेकअप गर्दा सबैभन्दा पहिला क्लिनजिङ गर्ने, यसलाई राम्ररी टिसु पेपरले सफा गर्ने । यसपछि मोस्चराइजर क्रिम लगाउने । केहि समयमा थोरै प्रमाइमर पनि लगाउने । प्रमाइर लगाएको ५ मिनेटपछि फाउन्डेसन लगाउने । फाउन्डेसन लगाउदा सबैतिर लाग्ने गरि कान, घाटीमा समेत राम्ररी लगाउने यसो हुँदा फाउन्डेसन आकर्षक ढंगले पनि अनुहारमा सेट हुन्छ । यसपछि, अफ्नो स्किन टोन अनुसारको काउन्टर लगाउने । हामीले काउन्टर लगाइसकेपछि ब्रसको सहायताले कट गर्ने । यसपछि हाइलाइट प्रयोग गर्ने । नाक, ओठ, चिँउडोमा पहिला गर्ने र यसपछि निधारमा पनि हल्का प्रयोग गर्न सकिन्छ । सिम्पल नाइट पार्टीमा पनि यो मेकअप चम्किलो र सुन्दर देखिन्छ । यस्तै आफूलाई कस्तो खालको लिपिस्टिक लगाउने हो ओठमा लगाउने । 
 
बाँकी रहेको आँखाको मेकअपमा भने आइब्रो बनाउने । गाजल लगाउने । पहिरन अनुसारको आइमेकअप गर्नु उचित हुन्छ ।  हेयर स्टाइललाई पनि कस्तो ड्रेस लगाउने हो सोहि अनुसारको स्टाइल दिन सकिन्छ । 
 
अन्त्यमा उनी थप्दै भन्छिन्, ग्लोवलाइजेसनले गर्दा डिजिटल प्रविधि आज विश्वमा जसरी विकास भइरहेको छ यसको पदचाप पछ्याउदै फेसनको विकास पनि दु्रत गतिमा भइरहेकोले गर्दा अहिलेको मानिस फेसनमा पनि उत्तिकै सचेत हुन जरुरी भएको ढकाल तर्क गछिन् । उनि भन्छिन्, पछिल्लो समय मानिसहरुमा मेकअप गर्ने चेतना पनि बदलिएको छ । अहिलेको पुस्ता त झनै चनाखो भइसकेकोछ । कतिपय नयाँ मेकअप आइडिया आफै निकालेर मेकअप गर्ने गरेको पाइन्छ । दश वर्षको अन्तरालमा मेकअप तथा फेसन डिजाइनको क्षेत्रमा निकै नै परिवर्तन आइसकेको ढकालले आफ्नो अनुभव नेप्लिज वुमनसँग साटेकी हुन् । 





Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement