Advertisement
Advertisement
Advertisement
Advertisement

दसैँका नाममा पशुमाथि हुने हिंसा नियन्त्रण गर्न आशिका तामाङको माग

  |      14:20:00   |  
दसैँका नाममा पशुमाथि हुने हिंसा नियन्त्रण गर्न आशिका तामाङको माग

असोज १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद आशिका तामाङले दसैँका क्रममा पशुबलिका नाममा निर्दोष पशुपन्छीमाथि हुने क्रूर व्यवहार रोक्न सरकारसँग आग्रह गरेकी छन्। उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पशु कल्याणसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद तामाङले मानिसका लागि दसैँ उत्सव भए पनि पशुहरूका लागि पीडाको समय बन्ने गरेको बताइन्। उनले दसैँमा देवी दुर्गाको आराधनाभन्दा खसी, बोका र राँगा काट्ने विषयलाई बढी प्राथमिकता दिने प्रवृत्तिमाथि प्रश्न उठाइन्।

उनका अनुसार दसैँका बेला पशुलाई लखेट्ने, भीडभाडमा घोच्ने तथा कुटपिट गर्ने जस्ता व्यवहार देखिने गरेका छन्। यस्ता गतिविधिले पशुमाथि अनावश्यक क्रूरता हुने भन्दै उनले सार्वजनिक रूपमा गरिने पशुबलिका क्रममा अपनाइने व्यवहारबारे सरकार गम्भीर हुनुपर्ने बताइन्।

नेपालमा पशु कल्याणका लागि कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको तामाङको भनाइ छ। उनले पशु कल्याणसम्बन्धी नीति तथा कानुनलाई थप प्रभावकारी बनाउन र पशुमाथि हुने क्रूरता नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement