Advertisement
Advertisement
Advertisement
Advertisement

इरानमा २७ महिला मृत्युदण्डको जोखिममा, महिला अधिकारमाथि गम्भीर प्रश्न

  |      10:20:00   |  
web image
web image

असोज १८ , काठमाडौं । इरानमा राजनीतिक गतिविधि, महिला अधिकारको पक्षमा आवाज उठाएको तथा पुरुष हिंसाबाट आत्मरक्षा गरेको आरोपमा महिलाहरू मृत्युदण्डको जोखिममा रहेको एक रिपोर्टले जनाएको छ।

नेसनल काउन्सिल अफ रेसिस्टेन्स अफ इरान ९ल्ऋच्क्ष्० को महिला समितिले अक्टोबर ४ मा प्रकाशित गरेको रिपोर्टअनुसार इरानमा हाल कम्तीमा १८१ राजनीतिक बन्दी मृत्युदण्डको सजाय पाइसकेका छन्, जसमा २७ जना महिला छन्। रिपोर्टले यी महिलाको अवस्था राजनीतिक दमन र लैंगिक विभेदसँग जोडिएको दाबी गरेको छ।

रिपोर्टअनुसार सार्वजनिक प्रदर्शन तथा राजनीतिक गतिविधिमा सहभागी भएका महिलामाथि पनि मृत्युदण्डको सजाय सुनाइएको छ। केही महिलामाथि महिला अधिकार, श्रमिक अधिकार तथा राजनीतिक संगठनसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोप लगाइएको उल्लेख छ।

रिपोर्टमा जहरा तबारीको उदाहरणसमेत दिइएको छ। उनलाई ‘महिला, प्रतिरोध, स्वतन्त्रता’ लेखिएको ब्यानर बोकेको लगायतका आरोपमा मृत्युदण्डको सजाय सुनाइएको दाबी गरिएको छ। राजनीतिक बन्दीका परिवारले जेल भेटघाट, कानुनी प्रक्रियाको जानकारी तथा मुद्दाको निगरानीमा समेत अवरोध सामना गर्नुपरेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टले महिलामाथिको पुरुष हिंसा र त्यसबाट आत्मरक्षाको प्रयासलाई समेत मृत्युदण्डसँग जोडिएको विषय उठाएको छ। बालविवाह, जबर्जस्ती विवाह, घरेलु हिंसा तथा यौन हिंसाबाट पीडित महिलाले आत्मरक्षा गर्दा पनि कानुनी संरक्षण नपाउने अवस्था रहेको दाबी गरिएको छ।

यसैबीच, इरानमा महिलाको मृत्युदण्डसम्बन्धी तथ्यांकले पनि चिन्ता बढाएको छ। इरान ह्युमन राइट्सका अनुसार सन् २०२६ को पहिलो आठ महिनामा कम्तीमा १८ महिलालाई मृत्युदण्ड दिइएको थियो। अगस्टमा मात्रै ६ महिलालाई मृत्युदण्ड दिइएको र त्यो वर्षकै सबैभन्दा धेरै मासिक संख्या रहेको संस्थाले जनाएको छ।

मानव अधिकारसम्बन्धी संस्थाहरूले मृत्युदण्डको प्रणालीले महिलालाई कानुनी तथा सामाजिक विभेदको दोहोरो मारमा पारिरहेको बताएका छन्। विशेषगरी हिंसा र जबर्जस्ती विवाहबाट पीडित महिलाले न्याय पाउनुको सट्टा आफैं कठोर सजायको भागीदार बन्नुपर्ने अवस्थाले इरानमा महिला अधिकार र न्याय प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement