Advertisement
Advertisement
Advertisement
Advertisement

३८ घण्टापछि जंगलबाट सकुशल उद्धार भइन् १० वर्षीया बालिका

  |      11:07:00   |  
३८ घण्टापछि जंगलबाट सकुशल उद्धार भइन् १० वर्षीया बालिका

असोज १८ , काठमाडौं । रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी १० वर्षीया बालिकाको ३८ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ।

तिलोत्तमा–१७ दरखसवाकी बालिकालाई घरमै सुतिरहेको अवस्थामा बुधबार राति अपहरण गरिएको प्रहरीले जनाएको छ। बालिका हराएको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले गाउँ तथा आसपासका जंगल क्षेत्रमा खोजी थालेको थियो।

प्रहरीका अनुसार शुक्रबार साँझ कान्छी बजारस्थित जंगलबाट बालिकाको सकुशल उद्धार गरिएको हो। बालिका भेटिएको स्थानमा फेला परेको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा २७ वर्षीय युवराज थारुको पहिचान गरेको जनाएको छ।

थारुलाई आइतबार राति सोही क्षेत्रको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले एक राउन्ड गोली चलाएको थियो। गोली लागेर खुट्टामा चोट लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

उद्धारपछि बालिकालाई सुरक्षामा राखेर स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। बालिकाले आफूलाई जंगलमा लैजाने व्यक्तिलाई नचिनेको बताएकी छन् भने आफूलाई दुर्व्यवहार गरिएको संकेतसमेत गरेको समाचारमा उल्लेख छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement