Advertisement
Advertisement
Advertisement
Advertisement

मिस तामाङ पोखरा माघ ४ गते हुने

  |      19:14:00   |  
मिस तामाङ पोखरा माघ ४ गते हुने

माघ २, पोखरा । आगामी माघ ४ गते शनिबार पोखरा सभागृहमा हुने पाँचौँ संस्करणको मिस तामाङ पोखराको तयारी पूरा भएको छ।

तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले हरेक वर्ष सोनाम ल्होसारका अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरालाई यस वर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मञ्जुश्री संवत् २८५६ को अवसरमा आयोजित यो ल्होसार म्युजिक फेस्टिभलको साताँै संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ पोखरा गर्न लागिएको हो । प्रतियोगितमा १७ प्रतियोगीले सहभागिता जनाउने उहाँले बताउनुभयो ।

सहभागीलाई ४५ दिनको व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ।आधुनिकताको नाममा बढ्दो सांस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि कार्यक्रमले टेवा पुग्ने समाजका अध्यक्ष तामाङले बताउनुभयो । युवा पुस्तामाझ तामाङ संस्कृति हस्तान्तरण र जानकारी वर्तमानको आवश्यकता भएको कुरालाई दृष्टिगत गरी कार्यक्रमको आयोजना गरिएको प्रतियोगिताका संयोजक कविता योञ्जनले जानकारी दिनुभयो ।

“यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो, अन्यभन्दा भिन्न छ”, उहाँले भन्नुभयो, “विशेष गरी भाषा, संस्कृति र संस्कारलाई युवा पुस्ता माझ परिचय गराउन कै लागि  कार्यक्रमको आयोजना गरेका हौँ ।” प्रतियोगिताको विजेतालाई ताज, ट्रफी, प्रमाणपत्र र एक लाख नगदसहित म्युजिक भिडियोको अवसर तथा आकर्षक उपहार प्रदान गरिने छ । त्यस्तै फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र नगद ५० हजार, सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भ्युवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको यस अघिका चौथो संस्करणसम्म क्रमशः निमा लामा, दिप्ती गोम्जा, कविता योञ्जन र कुशुम स्याङवो तामाङले ताज पहिरिएका छन् ।

कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा निर्माणार्थ खर्च गरिने सो अवसरमा जानकारी गराइयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement