Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको रोजाइमा ढाका पोशाक

  |      15:23:00   |  
dress of Muku collection, Kathmandu
dress of Muku collection, Kathmandu

►जमुनावर्षा शर्मा
पुस २८, चिप्लेढुङ्गा ।  स्वदेशी उत्पादनमा पाल्पाली ढाकाको महत्व निकै छ । विसं २०१५ देखि शुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय पहिचान बनाएको छ ।

शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन् । विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको कपडा पर्न थालेको छ ।

पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका ह्यान्डीक्राप्टको कक्षमा महिलाले विशेष रुचिसाथ पाल्पाली ढाकाका पोसाक किन्ने गरेको व्यवसायी मणिराज भट्टराईले बताउनुभयो । “पाल्पाली ढाकाको टोपी, चोलोले पहिरनका रुपमा प्रसिद्धि पाउँदै आएकामा पछिल्लो समय भने ढाकाको सल र साडी बढी बिक्री हुन थालेको छ,” उहाँले भन्नुभयो । उहाँले लेखनाथ र पोखरामा राखिएको प्रदर्शनी कक्षमा महिलाले ढाका पोसाक बढी मन पराएको बताउनुभयो । 

अर्का व्यवसायी लक्ष्मी भट्टराईले विशेषगरी महिलाले साडी, सल, चोलोको कपडा र झोलाहरु मन पराएको बताउनुभयो । “जाडोमा न्यानो पनि हुने र राष्ट्रिय पहिचान बोकेको पोसाक भएकाले पनि महिलाको रोजाइमा पर्दै गएको छ”, उहाँले भन्नुभयो । ढाकाको २५० देखि १५ हजार रुपैयासम्मका पोसाकहरु बिक्री कक्षमा राखिएको उहाँले जानकारी दिनुभयो । “पहिलोपल्ट मेलाबाट यो व्यापारको शुरु गरेकी हुँ, धेरैले मन पराउनुभयो अब पोखरामा यसको बिक्री कक्ष राखेर विस्तार गर्ने सोच राखेकी छु ।” 

विगत १८ वर्षदेखि पाल्पाली ढाका उत्पादन गर्दै आउनुभएका मिलन भट्टराईले अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भएका मेला महोत्सवमा २० वटा कक्षमा ढाकाका पोसाकको व्यापार गरेको बताउनुभयो । हाल पाल्पाको अर्गली र काठमाडौँमा गरी दुई ठाउँमा उद्योग सञ्चालन गर्दै आएको र उद्योगमा १२० भन्दा बढी कामदार रहेको उहाँले जानकारी दिनुभयो । “अहिले माग बढी हुन्छ तर उत्पादन कम हुन्छ, गर्मीको समयमा उत्पादन गरेर त्यही कपडा जाडोको समयमा बिक्री गर्ने गर्छौं, जाडोमा तानमा काम गर्न गाह्रो हुने भएकाले उत्पादन कम हुन्छ ”, उहाँले भन्नुभयो । उहाँले आफूले सिधै विदेश निर्यात नगरेको तर अन्य व्यवसायीले खरिद गरेर बाहिर निर्यात गर्ने गरेको बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य सङ्घ महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोलाले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाका पोसाक राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताउनुभयो । उहाँले हरेक नागरिकले स्वदेशी ‘ब्रान्ड’लाई माया गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने बताउनुभयो । अर्का महिला उद्यमी उर्मिला बस्नेतले नेपाल भ्रमण वर्ष २०२० शुरु भएकाले ढाकाका विभिन्न सामग्रीमार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्न सकिने बताउनुभयो । 
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement