भदौ २५, काठमाडौं । अष्ट्रेलियामा महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था गम्भीर बन्दै गएको नयाँ सरकारी प्रतिवेदनले देखाएको छ। घरेलु, पारिवारिक तथा यौन हिंसासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा यौन हिंसाका घटना रिपोर्ट हुने दर अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो। गत वर्ष भने यस्ता घटनामा राष्ट्रिय रूपमा १ प्रतिशतभन्दा कम मात्र कमी आएको छ। पछिल्लो १५ वर्षमा यौन हिंसाका रिपोर्ट ६४ प्रतिशतले बढेको जनाइएको छ।
अष्ट्रेलियाकी सामाजिक सेवा मन्त्री तान्या प्लिबर्सेकले महिला तथा बालबालिकामाथिको हिंसा अन्त्य गर्न अझै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी छन्। उनले महिला र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएकी छन्।
प्रतिवेदन सार्वजनिक भएपछि विपक्षी तथा स्वतन्त्र सांसदहरूले सरकारको हिंसा नियन्त्रणसम्बन्धी प्रयास पर्याप्त नभएको भन्दै थप जवाफदेहिता, राष्ट्रिय शिक्षा अभियान र घरेलु हिंसाका अपराधीको राष्ट्रिय रजिस्टरलगायतका उपाय अघि बढाउन माग गरेका छन्।
Share this with your friends: