Advertisement
Advertisement
Advertisement
Advertisement

मेकअप र पहिरनकै कारण अफगानिस्तानमा ५२ महिला र एक बालिका पक्राउ

  |      13:30:00   |  
मेकअप र पहिरनकै कारण अफगानिस्तानमा ५२ महिला र एक बालिका पक्राउ

असोज २३ , काठमाडौं । अफगानिस्तानमा आफूले लगाएको पहिरन, मेकअप र सार्वजनिक स्थानमा हिँडडुल गरेको विषयलाई लिएर ५२ महिला र एक बालिका पक्राउ वा हिरासतमा परेका छन्। संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता मिसन ९यूएनएएमए० का अनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्म राजधानी काबुल र पश्चिमी सहर हेरातमा ती महिला तथा बालिकालाई नियन्त्रणमा लिइएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार चादोर नलगाएको, कपाल देखिएको, रङ्गीन सल वा मेकअप प्रयोग गरेको तथा पुरुष अभिभावकबिना सार्वजनिक स्थानमा गएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। हिरासतमा लिइएका महिलालाई केही घण्टापछि रिहा गरिएको बताइएको छ।

यूएनएएमएले महिलामाथि भइरहेको पक्राउ, हिरासत र पक्राउ गर्ने धम्कीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता घटनाको वास्तविक सङ्ख्या सार्वजनिक विवरणभन्दा बढी हुन सक्ने पनि राष्ट्रसंघको आकलन छ। सामाजिक लाञ्छना र सुरक्षासम्बन्धी चिन्ताका कारण धेरै घटना सार्वजनिक नहुने सम्भावना रहेको उसको भनाइ छ।

महिला पसलेहरूमाथि मौखिक दुर्व्यवहार, कुटपिट र धम्की दिइएका घटनाप्रति समेत राष्ट्रसंघले चासो व्यक्त गरेको छ। यस्ता गतिविधिले महिलाको स्वतन्त्र रूपमा हिँडडुल गर्ने, आफ्नो अभिव्यक्ति दिने र व्यक्तिगत निर्णय लिने अधिकारमा असर पार्ने राष्ट्रसंघको भनाइ छ।

सन् २०२१ मा अफगानिस्तानको सत्ता सम्हालेपछि तालिबान प्रशासनले महिला तथा बालिकामाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ। तीमध्ये प्राथमिक तहभन्दा माथिको शिक्षामा रोक तथा सार्वजनिक स्थानमा महिलाले लगाउनुपर्ने पहिरन र आवागमनसम्बन्धी कडा नियमसमेत छन्।

यसअघि जुन महिनामा हेरातमा पहिरनसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा महिलालाई पक्राउ गरिएको विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको विवरण सार्वजनिक भएको थियो।

महिला तथा बालिकाको मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता र सम्मानको संरक्षण गर्न विभेदकारी रूपमा लागू गरिने प्रतिबन्ध रोक्नुपर्ने माग राष्ट्रसंघले दोहोर्‍याएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement