Advertisement
Advertisement
Advertisement
Advertisement

सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मन्त्री सीता बादी

  |      15:32:00   |  
सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मन्त्री सीता बादी

असोज २३ , काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसङ्ख्यक समुदायका माग तथा मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

लैङ्गिक पहिचान, स्वास्थ्य तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील नील हिरा समाज ९ब्लु डायमन्ड सोसाइटी० को २५औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री बादीले संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई सम्मान गरेको उल्लेख गरिन्। उनले ती अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारले योजनाबद्ध रूपमा काम अघि बढाएको जानकारी दिइन्।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानुनी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए। उनले अदालतबाट जारी भएका आदेश कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै समुदायको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माणमा व्यवस्थापिका र कार्यपालिकाले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेता गणेश साहले संविधानसभामा यस समुदायका अधिकारका विषय उठाउँदाका अनुभव सुनाए। नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संस्थाले २५ वर्षको यात्रामा भोगेका चुनौती र उपलब्धिबारे चर्चा गर्दै आगामी २५ वर्षका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने बताइन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानुनी मान्यता पाए पनि अधिकारको व्यावहारिक कार्यान्वयन, समान व्यवहार र सेवामा सहज पहुँच अझै महत्त्वपूर्ण विषयका रूपमा रहेको छ। कार्यक्रममा समुदायका अधिकारलाई व्यवहारमा सुनिश्चित गर्न राज्यका निकायहरूबीच समन्वय र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement