Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वमा नेपाली महिला: जोंटा इन्टरनेसनलको बोर्डमा निर्वाचित भइन् श्रीजना राणा

  |      14:09:00   |  
web image
web image
साउन ३१ ,काठमाडौं । नेपाली महिला नेतृत्वका लागि अर्को ऐतिहासिक उपलब्धि हासिल भएको छ। श्रीजना राणा जोंटा इन्टरनेसनलको सञ्चालक समितिमा निर्वाचित भएकी छन्। उनी उक्त अन्तर्राष्ट्रिय संस्थाको बोर्डमा पुग्ने पहिलो नेपाली बनेकी छन्।
क्यानडाको भ्यानकुभरमा आयोजित जोंटा इन्टरनेसनलको ६७औँ महाधिवेशनबाट राणा सन् २०२६–२८ कार्यकालका लागि बोर्ड सदस्यमा निर्वाचित भएकी हुन्।
महिलाको अधिकार, समानता र नेतृत्व प्रवर्द्धनका लागि काम गर्दै आएको जोंटा इन्टरनेसनल विश्वभरका पेशाकर्मीहरूको सञ्जाल हो। संस्थाले सेवा, वकालत र शिक्षामार्फत महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ।
पूर्व होटल एसोसिएसन नेपालकी अध्यक्षसमेत रहेकी राणाले आतिथ्य, सामाजिक र नागरिक क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्। उनी महिला सशक्तीकरण र सामाजिक अधिकारसँग सम्बन्धित विभिन्न अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएकी छन्।
यसैबीच, जोंटा क्लब काठमाडौंले लगातार दोस्रो कार्यकालका लागि ‘जोंटा एक्सिलेन्स इन सर्भिस एन्ड एड्भोकेसी अवार्ड’ प्राप्त गरेको छ। प्रत्येक कार्यकालमा विश्वभरबाट केवल छवटा क्लबलाई मात्रै यो सम्मान प्रदान गरिन्छ।
महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोकथाम तथा त्यसको प्रतिकारका लागि गरेको योगदानका आधारमा काठमाडौं क्लबलाई उक्त सम्मान प्रदान गरिएको हो। क्लबले नेपाल प्रहरीको साइबर ब्युरो, कानुन व्यवसायी, स्थानीय सरकार, नागरिक समाज र शैक्षिक संस्थासँग सहकार्य गर्दै अनलाइन र प्रत्यक्ष हिंसाविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
निर्वाचनपछि प्रतिक्रिया दिँदै राणाले यस उपलब्धिलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको बताइन्। उनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै यस सफलताले नेपाली युवतीलाई नेतृत्वमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement