Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपतिले गरे महिला सहभागिता र सशक्तिकरणका लागि भइरहेको प्रयासको प्रशंसा

  |      15:06:00   |  
राष्ट्रपतिले गरे महिला सहभागिता र सशक्तिकरणका लागि भइरहेको प्रयासको प्रशंसा

चैत ७ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिला सहभागिता र सशक्तिकरणका लागि अहिले गरिरहेको प्रशंसा गरेका छन् । 

शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणका लागि प्रयास गरिरहेकोप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले महासंघले आगामी दिनमा महिला उद्यमशीलता वृद्धि र महिला सशक्तिकरणका लागि थप सक्रिय र प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, नेपालको हरेक राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा नेपाली महिला जगतले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । त्यही भएर हाम्रो संविधानले राज्यको हरेक निकाय र क्षेत्रमा महिला सहभागितासँगै समावेशीतालाई प्राथमिकता दिएको छ ।

यहीँ चैत १४ देखि १८ गतेसम्म काठमाडौंमा हुन गइरहेको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सफलताको शुभकामना दिँदै राष्ट्रपति पौडेलले मेलाले व्यापार व्यवसाय स्थापना, प्रवर्द्धन तथा विस्तार गरी आफूलाई आर्थिक रुपमा सबल बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, ुयस प्रकारका मेलाबाट नयाँ उद्यमीका लागि उत्प्रेरणा जागृत गराउन र व्यावसायिक अनुभव संकलन गरी महिला उद्यमीको ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।
भेटमा महासंघ अध्यक्ष शोभा ज्ञवालीले महासंघको कामकारवाहीबारे जानकारी गराउँदै मेला आयोजना गर्नुको उद्धेश्यबारे स्पष्ट पारेकी थिइन् । भेटमा महासंघ पदाधिकारी र सदस्यहरू सहभागी थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement