काठमाडौं। गर्भावस्थामा फ्याट लेयर आउनु स्वाभाविक हो, विशेषगरी लोअर बडीमा । यद्यपि ती दिन बितेका कुरा भैसके जब गर्भावस्थाको अर्थ हुन्थ्यो लुज कुर्ता–सलबार । अहिले यो पिरियडलाई पनि एन्जोय गर्न सकिन्छ, त्यो पनि फेसनेबल शैलीमा । मात्र ख्याल राख्नुपर्छ, फ्याट लेयरको माथिल्लो भागलाई छोप्ने फेब्रिक एवं फिटिङ सौम्य होस् र टम्मीमा रहेको शिशुलाई असर नपरोस् । यसका लागि फुटवेयरदेखि इनर–आउटर वार्डरोबको सपिङ र सेलेक्सनमा विशेष ध्यान पुर्याउनुपर्छ ।
- ब्रेस्ट साइज बढ्दै गए पनि आत्तिनु पर्दैन । यो पिरियडमा पहिरनको फेब्रिक सफ्ट अनि स्किन फ्रेन्डली हुनुपर्छ अन्यथा स्किनमा एलर्जिक रिएक्सन हुन सक्छ । कामकाजी वा गृहिणी जे भए पनि यो अवस्थाको पहिरन सुविधाजनक हुनुपर्छ । फेब्रिक नेचुरल हुनुपर्छ । त्यसका लागि कटन वा लाइक्रा उपयुक्त हुन सक्छ ।
- नौ महिनासम्म शरीरमा स्ट्रेचिङ हुन्छ । त्यसैले कटन र लाइक्राको लेगिङ उत्तम हुन्छ । यसबाट शरीरमा कुनै प्रकारको दबाब नपारी आरामपूर्वक बडी मुभमेन्ट गर्न सकिन्छ । फेसन डिजाइनरहरूका अनुसार यसलाई एक महिनादेखि नौ महिनासम्म र डेलिभरीदेखि फिडिङ पिरियडसम्म लगाउन सकिन्छ । बडी एक्सपोज नगरी बेबीलाई फिड गर्न सकिन्छ । त्यसका लागि इच्छाअनुरूपको कलर तथा प्याटर्नको ट्युनिकका साथमा कन्ट्रास्ट लेगिङ लगाउनुपर्छ ।
- गर्भावस्थाको प्रारम्भदेखि नर्सिङ पिरियडसम्म अपरपोर्सन हेभी हुँदै जान्छ । यस्तो अवस्थामा ‘भी’ नेक भएको कुर्ती, टिसर्ट वा ट्युनिक प्रयोग गर्नु राम्रो हुन्छ । साइज आफूलाई कम्फर्टेबल हुनुपर्छ ।
- भारतीय शैली मन पर्छ भने अनारकली सुट लगाउन सकिन्छ । कारण यसको फ्लेयर (घेरा) ले बेबी बम्पर (पेट) लाई कम देखाउँछ । यसका साथमा चुडिदार लगाउनु हुँदैन । लुज स्टिच गराउँदा यसको फिटिङ खराब देखिन्छ र बडी मुभमेन्ट कठिन हुन्छ । अनारकली सुटका साथमा लाइक्रा फेब्रिकको लेगिङ लगाउनुपर्छ । इनरवेयर सेलेक्सन बडी सेपअनुसार गर्नुपर्छ ।
- जिन्स, बटम वा कुनै प्रकारको लोअरको सपोर्ट नेवलभन्दा मुनि हुनुपर्छ अर्थात् सबै प्रकारको लोअर्स लो–वेस्ट हुनुपर्छ । लोअरको रंग गाढा हुनुपर्छ । यिनलाई नेवलमा बाँध्नाले टम्मीमा दबाब पर्छ, जुन गर्भस्थ शिशुका लागि हानिकारक साबित हुन्छ । यसका लागि मेटरनिटी वेयरका असीमित लोअर्स छनोट गर्न सकिन्छ । पेटमा कुनै प्रकारको दबाबविना नै यी लोअर्समा प्रयोग भएका इलास्टिक टम्मी साइजमा ढल्छन् अर्थात् इलास्टिक एडजस्ट गरेर पुन: प्रयोग गर्न सकिन्छ ।
- अपर पोर्सनका लागि टपको कट ए–ल्ाँइन हुनुपर्छ । यो कट्ले साइड्स र फ्रन्ट दुुवैतर्फबाट ग्ल्यामरस लुक सञ्चार गर्छ ।
- भरसक नौ महिनासम्मै खुट्टालाई आराम प्रदान गर्नुपर्छ । फ्याट फुटवेयरलाई प्राथमिकता दिनुपर्छ जसका अनेकौं विविधता उपलब्ध छन् । केत्री, ट्युनिकको लम्बाइ घुँडाभन्दा एक इन्च बढी हुनुपर्छ । यिनका साथमा जगर्स, स्निकर्स वा कनभर्स सुज लगाउन सकिन्छ ।
- चिसोबाट जोगिन घाँटी र छातीलाई कभर गर्नुपर्छ । यसका लागि फरक–फरक शैलीका स्टोल, मफ्लर, सल तथा स्कार्फ तयार गर्न सकिन्छ । यसमा पोंचो पनि प्रयोग गर्न सकिन्छ ।
- उचाइ कम छ भने शरीर केही भद्दा देखिन्छ । यसबाट जोगिन खुल्ला पहिरन लगाउनु हुँदैन । आफ्नो साइजभन्दा एक साइज ठूलो अपर पहिरन छनोट गर्नुपर्छ । स्ट्रेट लाइनिङ भएको प्रिन्टबाट जोगिनुपर्छ । जिन्सका साथमा टप वा कुर्ती दुवैको रंग गाढा हुनुपर्छ ।
Share this with your friends: