Advertisement
Advertisement
Advertisement
Advertisement

सुन अझै महङ्गो हुने

  |      12:22:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १, काठमाडौं। अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत एक महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा १९ सय रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सय रहेको सुनको मूल्य ५५ हजार ४ सयको उचाई छोएर बुधबार ५५ हजारमा कारोबार भयो । 

यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ महिनाकै उच्च विन्दूमा छ । अन्तर्राष्ट्रिय क्षेत्रका कमोडिटी एक्सपर्टहरुले सुनको पक्षमा यस्ता अन्तर्राष्ट्रिय तत्व, कारण र परिवेश विकास भएका छन्, जसका कारण आउने दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले २ वर्षकै उच्च विन्दूको रेकर्ड समेत तोडिदिनसक्ने दाबी गरेका छन् । यही अवस्था रहे निकट भविष्यमै सुनको नेपाली मूल्य प्रतितोला ५७ हजार माथि पुुग्नसक्ने पनि कतिपयको प्रक्षेपण छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्म १२ प्रतिशत बढिसकेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सुनको मूल्यले प्रति औंस १३ डलरको उचाई चुमिसकेको छ । 

सुनको मूल्य बढ्नसक्ने ४ कारण
१.अन्तर्राष्ट्रिय क्षेत्रका कमोडिटी विज्ञहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा लेखिए अनुसार अमेरिका र उत्तर कोरियाबीच बढिरहेको तनावको वातावरणले अन्तर्राष्ट्रिय क्षेत्रकै राजनीतिक वातावरण धूमिल बन्दै गएको छ। यो तनावको अवस्था अझै केही सातासम्म रहने अनुमान गरिएको छ । यहीकारण विश्वभरका प्रमुख सेयर बजारमा बिक्रीको चाप ह्वात्तै बढेको छ । लगानीकर्ताहरुले इक्वीटी मार्केटबाट पैसा निकालेर सेफ हेभन(सुरक्षित स्वर्ग)को रुपमा चिनिएको सुनमा लगानी गरिरहेका छन् । यहीकारण आगामी दिनमा समेत सुनको मूल्यमा अझ तीव्रता आउन सक्नेछ । 

२.अमेरिकामा मुद्रा स्फितिको डाटा कमजोर बन्दै गएको छ । यही कारण आउने दिनमा यूएस फेडद्वारा ब्याजदरमा बढोत्तरीको संभावना निकै न्यून छ । यो अवस्था सुनका लागि सकारात्मक साबित हुनसक्छ । 

३.अघिल्लो आर्थिक वर्ष नेपालको सेयर बजारले ऐतिहासिक उचाई चुमेको थियो । अहिले समेत नेप्से परिसूचक १६ सयभन्दा माथि नै छ । धेरै कम्पनीको मूल्य यो बेला बढेको छ । तर, कतिपयले तीव्र उतारचढाव समेत भोगेका छन् । तर, यो अवधिमा सुनको मूल्यमा खासै ठूलो बढोत्तरी भएको छैन । वैश्विक अनिश्चितताको असर घरेलु बजारमा समेत पर्नसक्छ, जसका कारण सुनमा बढी फाइदा हुने देखेर लगानीकर्ताले सुरक्षित लगानीका लागि सुनको खरिदारी बढाउन सक्छन् । यदि यस्तो भयो भने स्वभाविक रुपमा माग बढी मूल्य वृद्धिलाई समेत टेवा मिल्नेछ । 

४.नेपालमा हरितालिका तिज लगायतका प्रमुख चाडपर्व सुरु हुन लागेका छन् । योसँगै विवाहको सिजन समेत सुरु हुनेछ । आउने दिनमा धनतेरष(दीपावली), लक्ष्मीपूजा, विवाहको मौसम, तिज लगायतको अवसरमा सुनको माग बढ्नेछ । यसले समेत सुनको मूल्य बढाउन मद्धत पुुग्नेछ । 

कतिसम्म महंगो होला ?
बितेका केही महिनाको कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १२०० डलरदेखि बढेर १३०० डलरसम्म पुुगिसकेको छ । अहिले यो मूल्यमा सामान्य गिरावट आएको छ । तर, आगामी दिनमा पुनः सुनको मूल्यले प्रति औंस १३ सय डलरको स्तर ब्रेक गर्यो भने त्यसपछि भने प्रति औंस १३७५ डलरको उचाईसम्म पुुग्नसक्ने आँकलन गरिएको छ । केही छोटो समयका लागि नै भए पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३५० माथि जानसक्नेमा धेरै विज्ञहरुको एकमत छ । 

अन्तराष्ट्रिय तनावमा किन बढ्छ सुनको मूल्य ?
विज्ञहरुका अनुसार लगानीकर्ताको जोखिम बहन गर्ने क्षमतामा परिवर्तन आएको छ । ग्लोबल टेन्सन(तनाव)को माहौलमा सेयर बजारमा अनिश्चितताको बादल मडारिन थाल्छ र लगानीकर्ताले इक्वीटीको साटो सुनमा लगानी बढाउन चाहन्छन । विगत केही वर्षहरुको तथ्यांकले यो पनि पुष्टि गरेको छ कि सुनमा लामो समयसम्म गरिने लगानीले सधैं राम्रो रिटर्न नै दिएको छ । यहीकारण पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच तनाव बढेकै कारण एकमहिनाको अवधिमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ६ प्रतिशतले वृद्धि भइसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement