भदौ ६, काठमाडौं। नपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ घटेको सुन फेरी दुई सय रुपैयाँ नै बढेको हो ।
आज छापावाल सुनको भाउ प्रतितोला ५५ हजार ५ सय रुपैयाँ छ भने तेजावी सुनको भाउ प्रतितोला ५५ हजार २ सय रुपैयाँ छ । अघिल्लो दिन छापावाल सुन ५५ हजार ३ सय रुपैयाँ थियो भने तेजावी ५५ हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी ७ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन चाँदी ७ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।